Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

आज विश्व एड्स विरुद्धको दिवस, पोखरामा एड्स रोगीको सम्मेलन

Published on Saturday, December 1, 2012 11:15 AM //


१६ मंसिर, पोखरा । आज विश्व एड्स विरुद्धको दिवस । “शुन्य पुर्‍याऔँ एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पुर्‍याऔँ” भन्ने नाराका साथ मनाईदैछ । नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइदैछ । सन १९८८ देखि हरेक बर्ष डिसेम्बर १ मा यो दिवस मनाउन थालिएको हो । नेपालमा अहिले ५१ हजार मासिनमा एचआईभी संक्रमण रहेको अनुमान गरिएको छ । विश्वमा ३ करोड ४० लाख मानिसमा एचआईभी छ । यसमध्ये ३३ लाख वालवालिका छन ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले पोखरामा सम्मेलन गर्दैछ । चार दिनसम्म चल्ने सम्मेलनमा १ हजार भन्दा धेरैको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । सम्मेलनमा १ सय ५० अनुसन्धानका कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा भारत, अमेरिका बंगालादेश लगायतका देशका विशेषज्ञहरु पनि सहभागीता रहनेछ । एचआईभी संक्रमितहरुको राष्ट्रिय महासंघले भने आजको सम्मेलनलाई बहिष्कार गर्ने जनाएको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!