Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

धुम थ्रीमा अमिर खान र क्याट्रिना कैफ

Published on Saturday, December 1, 2012 11:58 AM //


बलिउडका मिस्टर पर्फेक्ट अमिर खान र नायिका क्याट्रिना कैफलाई पहिलो पटक एक साथ देख्न पाइने भएको छ।

नायकनायिकाको भूमिकामा सफल देखिएका यी दुई कलाकार अब भने नेगेटिभ रोलमा देखिने भएका छन्। उनीहरू आउने फिल्म धुम थ्रीमा खलनायकको भूमिकामा देखिने भएका हुन्। 


सन् २००४ मा बनेको चलचित्र धूमले धूम मचाय पछि त्यसको दोस्रो शृंखला धुम टु बनेको थियो। त्यसले पनि अपार सफलता पाएपछि तेस्रो शृंखला धुम थ्री बन्ने भएको हो।

निर्देशन विजयकृष्ण आचार्यको निर्देशन र आदित्य चोपडाको निर्माणमा बन्न लगेको चलचित्र 'धूम थ्री' आमिर खान र क्याट्रिना कैफबीचको लडाइँमा आधारीत हुने भारतीय श्रोतले जनाएको छ।

नायक तथा नायिकाका रूपमा सबै दर्शकहरुको मन जित्न सफल यी कलाकारलाई अब खलनायक तथा खलनायिकाका रूपमा देखिँदा कत्तिको रुचाइने हो त्यो थाहा पाउनका लागि चाहिँ फिल्मलाई नै कुर्नुपर्ने हुन्छ। 

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!