‘पानी'मा ऋत्विक रोशन
Published on Tuesday, December 4, 2012
12:06 PM //
Entertainment
मुम्बई,
मंसिर १९ (एजेन्सी)- निर्देशक शेखर कपुरको महत्वाकांक्षी फिल्म ‘पानी'मा
ऋत्विक रोशनले अभिनय गर्ने भएका छन् । मोरक्कोमा भइरहेको माराकेच
अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ऋत्विकले यो फिल्मबारे धेरैसँग छलफल गरे।
तीन करोड अमेरिकी डलरमा बन्ने ‘पानी'को स्क्रिप्ट शेखरले १५ वर्षअघि नै लेखेका हुन् । उनले बेलाबखत फिल्मको काम सुरु गर्ने बताउँदै आएका थिए । केही दिनअघि यशराज फिल्मस् निर्माताका रूपमा आबद्ध भएपछि यसको सुटिङ चाँडै हुने सम्भावना बढेको छ ।
ऋत्विक आफ्नो भूमिकाप्रति निकै उत्साही छन् । त्यसैले उनले नजिकका साथीभाइ र अन्तर्राष्ट्रिय फिल्मकर्मीसँग ‘पानी'बारे मोरक्कोमा चर्चा सुरु गरेका हुन् ।
ऋत्विकलाई दिइएको भूमिकामा इमरान खानको पनि चर्चा चलेको थियो भने फिल्म घोषणा गर्दा शेखरले विवेक ओबरायको नाम सार्वजनिक गरेका थिए । ‘मासुम', ‘मिस्टर इन्डिया', ‘बैन्डिट क्विन'जस्ता फिल्मका निर्देशक शेखरले ‘पानी'पछि बालबालिकालाई सुहाउँदो फिल्म बनाउने योजना पनि भर्खरै सुनाएका छन् । ‘पानी'मा एआर रहमानको संगीत रहनेछ ।












0 comments