Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

इन्टरनेटमा बढि खोजियो आइफोन र कार्दाशिनलाई

Published on Tuesday, December 4, 2012 10:04 AM // ,


इन्टरनेट कम्पनी याहुले वर्ष सन् २०१२ मा याहु सर्च इन्जिनमा सबैभन्दा बढी खोजी गरिएका विषय तथा शव्दहरुको सूचि सार्वजनिक गरेको छ ।
याहुका अनुसार यो वर्ष याहुमा सबैभन्दा बढि खोजी गरिएको विषय अमेरिकी राष्ट्रपतिय चुनावका विषय हुन् । तथ्यांक अनुसार यो वर्ष याहुमा सबैभन्दा बढि खोजिएको विषयमा एप्पलको आइफोन-५ दोश्रो स्थानमा परेको छ ।

याहु प्रयोग कर्ताले अमेरिकी राष्ट्रपतिय चुनाव र आइफोन-५ पछि अमेरिकी टेलिभिजन स्टार किम कार्दाशिनको खोजी गरेका छन् । यो सँगै किम इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएकी सेलिब्रेटी बन्न पुगेकी छिन् । सेक्स टेपको हल्ला, डिभोर्स तथा अर्को प्रेम लगायतका प्रसँगबाट वर्षैभरी चर्चामा रहेकी किमलाई खोजी गर्ने तथा पढ्न चाहनेको संख्या ह्वात्तै बढेको हो ।
बढि खोजिएका सेलिब्रेटीहरुमा किम पछि केट अप्टन, बेलायती राजकुमारी केट मिडल्टन, गायिका व्हिटनी हट्सन, लिन्डसे लोहान, जेनिफर लोपेज परेका छन् ।
नांगो तस्वीर सार्वजनिक भएसँगै बेलायती राजकुमारी केटबारे इन्टरनेटमा खोजी चुलिएको याहुको भनाइ छ । याहुले हरेक वर्ष आफ्नो सर्च इन्जिनमा विश्वभरीका प्रयोगकर्ताले बढि खोजी गरेका शव्द तथा विषयको सूचि सार्वजनिक गर्ने गर्छ ।

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!