करोडौँ ठगेर कन्सल्टेन्सी सञ्चालकहरु भागे
Published on Tuesday, December 4, 2012
9:15 AM //
news
१९ मंसिर, काठमाण्डौ । चीनका कलेजका डाक्टर पढाउने नाममा करोडौँ ठगेर दुई एजुकेसन कन्सल्टेन्सीका सञ्चालक टाप कसेका छन् । पुतलीसडकको एक्टिभ कन्सन्टेन्सी र कालिमाटीको मदरल्यान्ड च्यारिटेबल फाउन्डेशनले संयुक्तरुपमा चीनमा डाक्टर पढ्न पठाउने भन्दै ७० जनाभन्दा वढी विद्यार्थीसंग असुलेर भागेको भन्दै पीडित अभिभावक प्रहरी कार्यालय धाउँदैछन् । सोमवार काठमाण्डौँ प्रहरी परिसर भेला भएका अभिभावकका अनुसार दवै कन्सन्टेन्सीले चीनमा एमडी गर्न जानेसंग १० देखि १२ लाख र एमबीबीएस पढ्नेसंग साढे ७ लाखका दरले पैसा उठाएका थिए । आजको नागरिकले समाचार छापेको छ ।
सम्वन्धित कलेजमा भने कसैको पनि पूरै पैसा तिरिएको छैन । कसैलाई भर्ना नै नगरी नक्कली रसिद भिराइएको छ । एक्टिभ कलेजका सञ्चालद्वय महोत्तरी निर्गौल २ का राजबहादुर झा र कामनपा २१ की प्रविणा खोखाली सम्पर्कविहीन छन् । मदरल्यान्डका सञ्चfmलक महोत्तरी निर्गौला २ काडा मुकेश झा र काठमाण्डौ २१ की अनिता शाक्य पनि सम्पर्कमा छैनन । स्रोतका अनुसार फाउन्डेसनमा राजवहादुर र प्रविनाको पनि सहभागीता छ । झाद्वय सहोदर हुन् । पीडित अभिभावकका अनुसार दवै कार्यालयमा अहिले ताला छ ।
0 comments