Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

अवार्ड थाप्न दुबई जाँदै कलाकारहरु

Published on Tuesday, December 4, 2012 8:30 AM //

यही डिसेम्बर सात तारिखका दिन दुबईमा हुन गईरहेको बक्स अफिस फिल्म अवार्ड २०६९ को लागी नेपाली सिनेमाका कलाकारहरु त्यसतर्फ जाने भएका छन् ।
Rajesh Hamal

महानायक राजेश हमाल भोली साँझ त्यसतर्फ उड्दैछन । त्यस्तै नायिका रेखा थापा पनि भोली साँझ नै दुबई उड्ने भएकी छिन् । नायक आर्यन सिग्देल भने डिसेम्बर पाँच तारिखमा त्यसतर्फ जाने भएका छन् ।
Aaryan Sigdel

डिसेम्बर पाँचमै कलाकारहरु भुवन के.सी., शिव श्रेष्ठ, नायिका पूजना स्त्री र निर्देशक तुलसी घिमिरे लगायत चालिस जनाको टोली दुबई उड्ने कुरा आयोजक कमिटीले जानकारी गराएको छ । विभिन्न साँक्कृतिक कार्यक्रम सहित भव्य रुपमा हुने भनिएको यस अवार्ड वितरण कार्यक्रममा सञ्चारमर्कीहरु नरेश भट्टराई, उत्तम गौडेल र दिनेश सिटौला पनि त्यसतर्फ बुधरबारै उड्दैछन् ।

अन्र्तराष्ट्रिय बजारमा पहिलो पटक आयोजना हुन लागेको यस अवार्ड वितरण समारोहलाई दुवईमा रहेका सूर्य अधिकारी, सुमन खाँड, सञ्जय खरेल र दिपक प्रसाइँले आयोजना गरेका हुन् । यसअघि अवार्ड वितरण समारोहमा जाने भनिएकी नायिका निशा अधिकारी भने समय व्यस्तताका कारण नजाजे भएकी छिन् ।
 

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!