Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

ए डिभिजन लिगमा एनआरटी र आरसिटी बराबरीमा

Published on Tuesday, December 4, 2012 7:00 AM //

काठमाडौं,मंसिर १८ । राजधानिमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको न्युरोड टिम एनआरटी र रानीपोखरी कर्नर टिम आरसिटीले बराबरी खेलेका छन् । दशरथ रंगशालामा सोमबार भएको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि दुवैले अंक बाँडेका छन् । ४७ औं मिनेटमा दिपेश मगरले गरेको गोल मार्फत लिएको अग्रता जोगाउन नसक्दा आरसिटी अंक बाढ्न बाध्य भएको हो । २ जना खेलाडीले रातो कार्ड खाँदै बाहिरिएपछि ९ जना खेलाडीमा सिमित एनआरटीका लागि बिदेशी खेलाडी सेगुन अकुन्देले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरी गरे ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!