नेपाल आर्मी द्वारा हिमालयन शेर्पा पराजित
Published on Tuesday, December 4, 2012
5:30 AM //
Sports
काठमाडौं,मंसिर १८ । नेपाल आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । काठमाण्डौंको दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब लाई २-० गोलले पराजित गर्दै नेपाल आर्मी क्लबले जारी लिगमा पहिलो जित हातपार्न सफल भएको हो ।
नेपाल आर्मीको जितमा टंक बहादुर बुढाथोकी र नवयुग श्रेष्ठले १-१ गोल गर्न सफल भएका छन् । पहिलो हाफको नवैं मिनेटमा टंक बहादुर बुढाथोकिको गोलले अग्रता लिगेको आर्मीका लागि दोश्रो हाफको ७९ औं मिनेटमा नवयुग श्रेष्ठले दोश्रो गोल गर्दै जित सुनिश्चीत बनाएका हुन् ।












0 comments