Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सेन्सर गरेपछि पनि रोकिएन बोर्डको धम्कि

Published on Friday, December 7, 2012 2:49 PM //

सेन्सर गरिएका केही दृश्यसमेत समावेश गरी चलचित्र प्रदर्शन गरेको भन्दै चलचित्र सेन्सर बोर्डले एटीएमको प्रदर्शनमै रोक लगायो । यो घटनासँगै कडा बनेको छनक दिएको बोर्डले अहिले निर्माताहरुलाई सा-साना कुरामा समेत दुख दिइरहेको छ । चलचित्र थ्री लभर्समा समावेश र्याम्पको दृश्यमा छोटो कपडा भएको भन्दै बोर्डले आपत्ति जनाउदै काटेको थियो । त्यसको भोलिपल्टै समलिंगी कथावस्तुमा तयार भएको चलचित्र लभ यू म्यानमाथि पनि बोर्ड कडा बनेको थियो ।
तर, एडल्ट सर्टिफिकेट दिएको लभ यू म्यानमाथि सेन्सर बोर्डको कडाइ र निगरानी अझै रोकिएको छैन । काठमाण्डौका विभिन्न स्थानमा टाँसिएका केही पोष्टरमा समेत बोर्डले आपत्ति जनाउँदै रोक्ने धम्की दिएको निर्माताको गुनासो छ । नायिकालाई केही नग्न देखाइएका पोष्टर नटास्नु भनी बोर्डले भनेपछि निर्माणपक्षले अधिकांश पोष्टर हटाएको थियो । तर, शहरमा छिटपुट रहन गएका केही पोष्टर नच्यातेको भन्दै बोर्डले सिनेमा रोक्ने धम्की दिइरहेको निर्माणपक्षको भनाइ छ ।
निर्माता युवराज खत्रीले भने, पोष्टर किन नहटाएको भन्दै जेल हाल्ने धम्की समेत आएको छ । यस्ता धम्कीले आफुहरुलाई दिक्क लागेको र सिनेमा क्षेत्रबाट नै पलायन हुने सोच पलाएको उनको भनाई थियो ।
सबै ठाउँका हटाइसकेका छांै, केही ठाउँमा छिटपुट रहन गएको पनि हटाइरहेका छौ, तर बोर्डका अध्यक्षले नै बारम्बार फोन गरी सिनेमा रोक्ने धम्की दिइरहेको उनको भनाइ छ । बोर्डको यस्तो धम्कीले आजित भएर सिनेमा नै रोक्नु भन्ने पक्षमा आफुहरु पुगेको उनको भनाइ थियो ।
पछिल्ला दिनमा नयाँ अध्यक्ष आएसँगै सेन्सर बोर्डले असुहाउँदो कडाइ नेपाली सिनेमामाथि गरिरहेको गुनासो निर्माताहरुको छ ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!