Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मनीषाको सोमबार अप्रेशन गर्ने तयारी

Published on Friday, December 7, 2012 1:47 PM //

क्यान्सरबाट पिडित भएकी नायिका मनीषा कोइरालाको अप्रेशन सोमबार हुने भएको छ । मुम्बइको जसलोक अस्पतालमा उपचारपछि मनीषालाई न्युयोर्क लगिएको थियो । मनीषाको डिम्बाशयको अप्रेशन विहिबार गर्ने भनिएतापनि चार दिन पछि सरेको हो ।
अप्रेशन पश्चात मनीषालाई एक महिना अस्पतालमा नै राखिने छ । उनको अवस्था चिन्ताजनक नरहेको पारिवारिक श्रोतले बताएको छ । उनलाई न्यूयोर्कस्थित मेमोराइज स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा भर्ना गरिएको छ । मनीषाका साथमा उनका बुबा प्रकाश, आमा सुष्मा र भाई सिद्धार्थ छन् ।

पेट दुखेपछि काठमाण्डौको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएकी मनीषालाई त्यसको २ दिनपश्चात मुम्बइको जसलोक अस्पताल लगिएको थियो । जसलोक अस्पतालमा केही दिन उपचार गरेपछि मनीषालाई उनको परिवारले न्यूयोर्क लैजाने निर्णय गरेको थियो ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!