Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

हिरोइनसँग बोल्दा दुई नायकबीच कुटाकुट

Published on Friday, December 7, 2012 1:00 PM //

चलचित्रभित्र एउटी नायिकाका लागि दुई नायकबिच लफडा भएका दृश्यहरु त नयाँ होइनन् । तर, नेपालका दुई नायकले पर्दाबाहिरै नायिकाकासँगको सम्बन्धलाई लिएर हात हालाहाल गरेका छन् । पोखरामा छायांकन भइरहेको चलचित्र ‘बर्बाद’को सुटिङस्थलमा नायक जीके शर्मा र गणेश गिरीबिच नायिका जिया केसीको बिषयमा हात हालाहाल भएको छ ।
 
यो चलचित्रमा नायिका केसी एक धनाढ्य व्यापारीको श्रीमतीको भूमिकामा छिन् । सुटिङस्थलमा नायिका जिया केसीसँग गफिइरहेका जीके शर्मालाई गणेश गिरीले हात हालेको बताइएको छ । सुटिङ युनिटका एक सदस्यका अनुसार ‘जियासँग किन बोलिस्’ भन्दै गणेशले जीकेमाथी हात हालेका थिए । त्यसपछि यी दुईबीच कुटाकुट नै भएको थियो । कुटाकुटपछि निर्मातासमेत रहेका जीकेले गणेशलाई डविङ गर्न नदिने बताउन थालेका छन् ।
अनलाईखबरसँग कुरा गर्दै शर्माले कुटाकुट भएको स्वीकारे । शर्माले गिरीलाई सिनेमाबाट निकालेको समेत दावी गरे । भने- अब उसलाई डविङ पनि गर्न दिन्न, अरुलाई नै गराउँछु ।’ सिनेमाको सुटिङ भने सकिनै लागेको छ ।
गणेशले जीयालाई एकतर्फी मन पराउन थालेकाले यस्तो व्यवहार देखाएको जीकेको भनाई छ । नायिका केसीसँग यसबारेमा वुझ्दा उनले भनिन्, मलाई गणेशजीले एकतर्फी मन पराउनुहुँदोरहेछ, तर मलाई थाहा थिएन ।’

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!