भद्रबन्दीगृहको भद्रगोल, प्रहरी पहरामै कैदीको यौनलीला
Published on Friday, December 7, 2012
3:20 PM //
news
कारागारको आन्तरिक प्रशासनमा भाइनाइके रहेका तामाङ डकैती
मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्। स्रोतका अनुसार
बिहीबार कारागार सुरक्षामा खटिएका प्रहरीले तामाङलाई अस्पताल लैजान अनुमति
मागेको थियो।
जेल प्रशासनको अनुमतिपछि हतियारसहितका प्रहरी हवल्दार
रामअवतार यादव, सिपाही रमेश थापा र भुवन श्रेष्ठले तामाङलाई कारागारबाट
बाहिर निकालेर वीर अस्पतालतिर लगे पनि अस्पताल नछिरी बागबजारको लोटस गेस्ट
हाउस पुर्याएका थिए। पूर्वयोजनामुताविक नै गेस्ट हाउस तामाङसहित गेस्ट हाउस पुगेको प्रहरी टोलीले उनको हातमा लगाइदिएको हतकडी खोलिदियो। तामाङ युवती लिएर कोठाभित्र छिरेपछि उनको सुरक्षामा खटिएका प्रहरी अर्को कोठामा बसेर तामाङकै मेजमानी खाइरहेका थिए।
स्रोतका अनुसार केन्द्रीय कारागारका सुरक्षाकर्मीको मिलेमतोमा तामाङ पटकपटक गेस्ट हाउस जाने गरेका थिए। तर, बिहीबार उनका लागि फापेन। हतियारसहित युनिफर्ममा भएका प्रहरी र हतकडी लगाएका व्यक्ति युवतीसहित गेस्ट हाउस छिरेको बटुवाले देखेर महानगरीय प्रहरी प्रभाग, सिंहदरबारमा जानकारी दिएका थिए।
सूचना आएलगत्तै सिंहदरबारका प्रहरी निरीक्षक श्याम महतोले महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारीलाई जानकारी गराएर प्रहरी टोलीसहित गेस्ट हाउसमा पुगेका थिए। स्रोतका अनुसार सिंहदरबारको टोली गेस्ट हाउसमा पुग्दा तामाङ कोठामा रासलीलामै व्यस्त थिए भने अन्य प्रहरी मेजमानीमा।
उनीहरुले पहिले तामाङको सुरक्षामा खटिएका प्रहरीलाई नियन्त्रणमा लिए र तामाङको कोठामा पुगेका थिए। कोठामा पुग्दा तामाङ युवतीसँग अर्धनग्न थिए।
सिंहदरबारको टोलीले पाँचैजनालाई कार्यालयमा ल्याएर राखेलगत्तै महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट 'कारागार आयुक्तमातहत रहेको' भन्दै उनीहरुलाई पठाउन आदेश आएपछि प्रहरी निरीक्षक महतोले आयुक्त कार्यालयबाट आएका एसपीलाई तामाङ र प्रहरी जिम्मा दिएका थिए।
आयुक्त कार्यालयमपुगेकी युवतीबारे सोधपुछ गर्दा तामाङले श्रीमती भएको दाबी गरेपछि प्रहरीले युवतीका आफन्तलाई बोलाउन लगाएका थिए। प्रहरी कार्यालय आएका युवतीका बाबुआमाले तामाङ आफ्ना ज्वाइँ भएको दाबी गरेपछि तामाङलाई कारागार पठाएर प्रहरीले युवतीलाई आफन्तको जिम्मा लगाएको थियो।
अस्पताल लैजाने भन्दै कैदीलाई गेस्ट हाउस लैजाने तीन प्रहरी भने निलम्बित भएका छन्। घटनाक्रमबाटै सुरक्षामा गम्भीर चुक गरेको देखिएपछि तीनैजनालाई निलम्बन गरेर अनुसन्धानअगाडि बढाएको आयुक्त कार्यालयका प्रवक्ता भोगबहादुर थापाले बताए।
भद्रबन्दीगृहको भद्रगोल
भद्र बन्दीगृह भनिने केन्द्रीय कारागारको प्रहरी र कारागार प्रशासनको मिलेमतोमा भएको यो नै पहिलो बद्मासी भने होइन। यही कारागारका कैदी कहिले २० लाख रुपैयाँसहित होटलमा भेटिएका छन् भने कोही कारागारभित्रैबाट आफ्ना गिरोह सञ्चालन गरिरहेको प्रहरी अनुसन्धानमै पुष्टि भइसकेको छ। कारागारको भित्री तहमै हतियारसहित पुगेर कैदीको हत्या प्रयाससमेत भइसकेको छ यही बन्दीगृहमा।
यही कारागारमा भारतीय अपराधी मनमित सिंह भाटियाले बन्दी भेटघाट कक्षसम्म हतियारसहित पुगेर युनुस अन्सारीमाथि गोली हानेर हत्या प्रयास गरेका थिए। युनुस आक्रमणको तारो बन्नुअगाडि उनले कारागारभित्रैबाट नक्कली भारतीय रुपैंयाँको कारोबारको गिरोह चलाएको केन्द्रीय अनुसन्धान ब्युरोले पुष्टि गरेको थियो।
दर्जनौं उद्योगीको अपहरण गरी फिरौती रकम असुलेको अभियोगमा पक्राउ परेका अमर टन्डनले जेलभित्रैबाट परिचालन गरिएको दुईवटा गिरोह पक्राउ परिसकेका छन्। टन्डन समूहका उदय सेट्टी र निरञ्जन खनाललाई प्रहरीले पक्राउ गर्दा उनीहरुले तीनजना व्यापारीबाट ४ करोड बढी फिरौती उठाइसकेका थिए।
२ करोड रकम नदिएको भन्दै अवैध हतियारको अभियोगमा भद्रगोलमै रहेका चक्रे मिलनले एक जग्गा कारोबारीको हत्या प्रयास गरेका थिए। डाँका अभियोगमा केन्द्रीय करागारका कैदी टासी लामा होटल अन्नपूर्णबाट २० लाख नगद र लागुऔषधसहित पक्राउ परेका थिए। हरेक घटनापिच्छे प्रहरी र गृह मन्त्रालयले छानबिन समिति गठन गर्दै सुधारका लागि सुझाव दिने गरेका छन्। तर, सबै प्रतिवेदन थन्किँदै आएका छन्।
चक्रेको घटना सार्वजनिक भएपछि केन्द्रीय कारागार सुरक्षा अवस्था सुधार्न गृह मन्त्रालयका सहसचिव चुडामणि शर्माको संयोजकत्वमा समिति गठन भएको थियो। युनुस हत्या प्रयासपछि कारागार सुरक्षा सुधारका लागि पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा उच्चस्तरीय समिति बन्यो। समितिले मोटो प्रतिवेदन पनि बुझायो। तर, त्यो पनि गृहको दराजमै थन्किएको छ।












0 comments