मनिषाको कलेजोमा पनि समस्या
Published on Wednesday, December 12, 2012
12:15 PM //
news
२७ मंसिर, काठमाण्डौ । डिम्बासयको अप्रेसन
गरेकी अभिनेत्री मनिषा कोइरालाको कलेजोमा समेत समस्या रहेको खुलासा भएको छ
। बिरामी भएर नर्भिक अस्पताल पुगेलगत्तै गरिएको परिक्षणमा डिम्बासयमा
क्यान्सर र कलेजोले काम नगर्ने अबस्था रहेको अस्पताल स्रोतले जानकारी दिएको
छ ।
अचानक पेट दुखेर आत्तिएकी मनिषालाई
परिवारले गत मंसिर १० गते थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।
अस्पताल आउँदा मनिषाको अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जानकारी
दियो । त्यतिबेलै गरिएको परिक्षणमा मनिषाको डिम्बासयमा क्यान्सर र कलेजो
फेल भएको रिपोर्ट आएको छ ।
रिपोर्ट सोचेभन्दा निकै खतरनाक आएपछि
परिवारको आग्रहमा अस्पतालले उनको स्वास्थ्य अबस्था गोप्य राखेको थियो । तीन
दिनसम्म नर्भिकमै राखेर मंसिर १२ गते मनिषालाई मुम्बईस्थित जसलोक अस्पताल
पुर्याइएको थियो । मनिषाको रोगबारे नर्भिकमै जानकारी भएपनि उनलाई जसलोक
हुँदै अमेरिका लगिएको बताइएको छ । ‘क्यान्सरको कुरा त मुम्बई पुगेलगत्तै
खुलाइएको तर कलेजोको समस्या अहिलेसम्म खुलाइएको छैन’ स्रोतले
भन्यो-’अमेरिका जानुको खास कारण कलेजोको समस्या हो । अत्यधिक मदिरा सेवन
गर्ने ब्यक्तिको कलेजोमा समस्या आउने चिकित्सकहरु बताउँछन् ।
नर्भिकमा मनिषाको उपचार बरिष्ठ चिकित्सक
मघु घिमिरेको टोलीले गरेको थियो । उपचारमा उनका काका तथा काँग्रेस नेता डा.
शेखर कोइराला प्रत्यक्ष सहभागी थिए । सो क्रममा डा. कोइरालाले मनिषाको सवै
केसको गहिरो अध्ययन गरेका थिए । नर्भिकको ल्याब रिपोर्ट पनि सुरुमा शेखरले
नै हेरेका थिए । उनकै सल्लाहमा थप उपचारका लागि लैजाने निर्णय भएको थियो ।
सार्वजनिक ब्यक्तिहरुको अस्पताल आउनसाथ
बिज्ञप्तिमार्फत् जानकारी दिने नर्भिकले मनिषाको उपचारका क्रममा भने कुनै
सूचना सार्वजनिक गरेन् । परिवारको आग्रहपछि नर्भिकको बोर्डले कुनै
ब्यक्तिको उपचारको जानकारी नदिने निर्णय गरेको थियो ।












0 comments