Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

ए डिभिजन लिगमा फ्रेण्ड्समाथि थ्रीस्टारको जित

Published on Monday, December 3, 2012 7:00 AM //


१७ मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले फ्रेण्ड्स क्लबलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा थ्रीस्टारले फ्रेण्ड्समाथि १-० को संघर्षपूर्ण जित हात पारेको हो । थ्रीस्टारका लागि ८६ औं मिनेटमा फेमीले विजयी गोल गरे । खेलमा दुबै टोलीले गोल गर्ने केही राम्रो मौका गुमाएका थिए ।

अर्को खेलमा जाउलाखेलले बाँसबारी क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा जाउलाखेलले २३ औं मिनेटमा प्रविन कार्कीको गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा जुमाले जाउलाखेलको अग्रता दोब्बर पारे ।
खेलको ७७ औं मिनेटमा बाँसबारीका श्याम बाबुले जाउलाखेलको अग्रता २-१ मा झारे भने त्यसको १ मिनेटपछि नै निरकुमार राईले बराबरी गोल गरे । खेलको अन्तिम मिनेटमा जुमाले गोल गर्दै जाउलाखेललाई महत्वपूण्र्ढा जित दिलाए ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!