Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको विजयी सुरुवात

Published on Sunday, December 2, 2012 11:42 PM //


१७ मंसिर, काठमाडौं । भारतको बैङ्ग्लोरमा जारी पहिलो दृष्टिविहीन ट्वान्टी-२० विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले बंगलादेशलाई ९ विकेटले पराजित गरेको हो ।
एलडी श्रीनाथम स्टेडियममा टस जितेर पहिले व्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन बनायो । नेपालका सूर्यप्रसाद भट्टराई, रामप्रसाद पौडेल र अमर ओलीले समान २/२ विकेट लिए भने विक्रम बहादुर रानाले १ विकेट चट्काए ।
१ सय ५५ रनको विजयी लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको नेपालले ७ दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका म्यान अफ दि म्याच सूर्यले अविजित ७८ रन बनाए । प्रतियोगिता अन्तरगत नेपालले भोलि श्रीलंकासँग खेल्नेछ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!