नेपाल बैंकको सेयर नौं वर्षपछि फेरि सूचीकरण
Published on Monday, December 3, 2012
7:59 AM //
Business
सुदर्शन सापकोटा, काठमाडौं, मंसिर १८- नौ वर्षदेखि किनबेच रोकिएको नेपाल बैंक लिमिटेडको सेयर आइतबार स्टक एक्सचेन्ज (नेप्से) मा फेरि सूचीकरण भएको छ। लगानीकर्ताहरुले आगामी आइतबारबाट बैंकको सेयर किन्न र बेच्न पाउनेछन्।
बैंकको ३८ लाख ३ हजार ८ सय २६ कित्ता सेयर सुचीकरण भएको हो। पुँजी वृद्धि गर्न सरकारले आर्थिक सहयोग गरेपछि बैंकले हकप्रद निस्कासन गर्न सेयर सुचीकरण गरेको हो। 'अहिलेको चुक्ता पुँजी अनुसार कायम भएको सम्पूर्ण सेयर सुचीकरण गरिएको हो,' बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले आइतबार नागरिकसँग भने, 'अब हकप्रद सेयर निस्कासन गर्ने बाटो खुला भएको छ।'
धितोपत्र ऐन अनुसार, नेप्सेमा सुचीकरण नभएको कम्पनीले हकप्रद सेयर निस्कासन गर्न पाउँदैन। बैंकले गत असोज २५ मा नेप्सेमा ओभर द काउन्टर (ओटिसी) किनबेचका लागि सेयर दर्ता गराएको थियो। नेप्सेमा पनि पहिलो पटक नेपाल बैंककै सेयरमार्फत ओटिसी कारोबार भएको थियो।
नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ मा सेयर सुचीकरण खारेज गरिएको थियो।
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न पैसा उपलब्ध गराइसकेको छ। सेयर सुचीकरण गरेपछि सरकारको नाममा सेयर वितरण हुन्छ। बैंकले हकप्रद निस्कासन पछि मात्रै सरकारी पैसा पुँजीमा देखाउन पाउँछ। सरकारले यो बैंकलाई एक अर्ब ३७ करोड रुपैयाँ उपलब्ध गराएको हो।
बैंकले कर्मचारीका लागि ओटिसीमार्फत ७१ हजार ९ सय २८ कित्ता सेयर बाँडफाँड गरिसकेको छ। यो सेयर ओटिसीमार्फत किनबेच भएको थियो। बैंकमा सरकारको ४०.४९ प्रतिशत र अन्य संघ संस्था र सर्वसाधारणको अंश ५९.५१ प्रतिशत सेयर छ।
बैंकको मूख्य लगानीकर्तामा पशुपति शमशेर जबरा, राजेन्द्र खेतान, लोकभक्त राणा, गजेन्द्रवहादुर श्रेष्ठ, लोकमान्य गोल्छा, शेखर गोल्छा, निरन्जनकुमार टिवडेवाल, गजेन्द्रवहादुर श्रेष्ठ, निरज राजभण्डारी, रमेशराज अर्याल, नविन नरसिंह राणा, इन्दीरा खत्री, केदार नारायण मानन्धर, बालकृष्ण श्रेष्ठलगायतका छन्।
बैंकले पुँजी वृद्धि गर्न प्रति एक बराबर ९.५ प्रतिशतका दरले हकप्रद निस्कासन गर्न लागेको छ। यसका लागि बैंकले निस्कासन तथा विक्री प्रबन्धकसमेत नियुक्त गरिसकेको छ। सेयर सुचीकरणसँगै बैंकले पुस मसान्तभित्र हकप्रद सेयर निस्कासन गर्ने छ।
बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। यसलाई ४ अर्ब पुर्याउने बैंकको योजना छ। बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९.९४ प्रतिशत सेयर छ। बैंकलाई ९ अर्ब ७४ करोड रुपैयाँ पुँजी कोष आवश्यक छ।
नेपाल बैंकमा वित्तीय समस्या आएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरिएको थियो। सुधार कार्यक्रमपछि बैंकको अवस्थामा सुधार आएको छ। अझै पनि बैंकको वित्तीय अवस्था पूर्ण रुपमा स्वस्थ छैन। वित्तीय स्वास्थ पुरै ठिक हुन पुँजी बढाउनु पर्ने भएकाले बैंकले सेयर जारी गर्न लागेको हो।
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने तयारी गरेको छ। ७६ वर्ष पुरा गरेको बैंकले आर्थिक वर्ष २०७१/७२ पछि सेयरधनीलाई लाभांश बाँड्ने योजना बनाएको छ। सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले यो घटेर ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक भएको छ।
बैंकका अनुसार, बैंकको चालु वर्षको असोजमा २ करोड ७९ लाख नाफा कमाएको छ। यो अघिल्लो वर्षको भन्दा ३६ प्रतिशतले वढी हो। बैंकसँग ५६ अर्ब ११ करोड निक्षेप छ। बैंकले २९ अर्ब ८१ करोड लगानी गरिसकेको छ। बैंकको पुँजी कोष अहिले पनि ४.३६ प्रतिशतले ऋणात्मक छ। बैंकको खराव ऋण ५.८६ प्रतिशत छ। पुँजी कोष १० प्रतिशतभन्दा वढीले धनात्मक र खराव कर्जा ५ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्था छ।
राष्ट्रिय वाणिज्य र नेपाल बैंकको आर्थिक अवस्था बिग्रिएपछि सन् २००२ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम ल्याइएको थियो। प्राविधिक रुपमा टाँट पल्टिएको बैंक कार्यक्रम आएपछि सुधार हुन थालेको हो। विश्व बैंकको ऋण सहयोगमा सुरु भएको कार्यक्रमले पनि बैंकको ऋणात्मक नेटवर्थमा भने सुधार ल्याउन सकेको थिएन।

0 comments