क्यान्सरपिडीत मनिषालाई न्यूयोर्क लगिँदै
Published on Saturday, December 1, 2012
9:20 AM //
Entertainment,
news
१६ मंसिर, काठमाण्डौ । पाठेघरको क्यान्सरबाट पिडीत अभिनेत्री मनिषा कोइरालालाई उपचारका लागि आज न्यूयोर्क लगिने भएको छ ।
मुम्बईस्थित जसलोक अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा पाठेघरमा क्यान्सर भएको पुष्टी भएपछि परिवारले उनलाई उपचारका लागि न्यूयोर्क लैजाने तयारी गरिरहेको छ ।
मनिषाका पिता प्रकाश कोइरालाका अनुसार मनिषाका साथीको सल्लाहमा परिवारले उनलाई न्यूयोर्क लाने निर्णय गरेको हो । ‘जसलोकका डाक्टरले क्यान्सर प्रारम्भिक अबस्थाको हो, यहीँ उपचार हुन्छ भनेका थिए, तर हामीले शनिवार साँझ न्यूयोर्क लैजादै छौं ।’- प्रकाशले भारतीय संचारमाध्यमहरुसँग भनेका छन् ।
प्रकाशका अनुसार मनिषालाई शुक्रबार बिहान जसलोकबाट डिस्चार्ज गरेर घरमा राखिएको छ । कोइराला परिवारमा यसअघि धेरैलाई क्यान्सर रोगले सताएपनि मनिषाको अबस्था चिन्ता लिनुपर्ने नरहेको प्रकाशले बताए ।
मनिषालाई न्यूयोर्कस्थित मेमोराइजल स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा उपचारका लागि भर्ना गर्ने तयारी गरिएको छ । मनिषाका साथमा उनका बाबु, आमा र भाई सिद्धार्थ पनि अमेरिका जाँदै छन् ।












0 comments