Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

शवलाई लगाइएका माला वैदेशिक रोजगारमा जाने यात्रुको गलामा

Published on Saturday, December 1, 2012 8:48 AM //


१६ मंसिर, काठमाण्डौं । आर्यघाटमा ल्याइने शबमा चढाइएका फूलका माला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि आउने-जाने यात्रुको गलामा पुग्ने गरेका छन् ।
शवमा प्रयोग भएका वस्तु असुद्ध मानिने भएपनि त्यस्ता काम भइरहेको कुरा न त सामान फ्याक्नेलाई थाहा छ न प्रयोग गर्नेलाई नै ।

बागमतीमा बगाइएको यस्तो माला बिक्री गर्ने धन्दामा संलग्न राजु कोइली पैसा कमाउन सविलो बाटो भएकाले आफु यो पेशामा लागेको बताउँछन् ।
वैदेशिक रोजगारीमा जाने आउनेहरुको भीडभाडमा यस्ता माला सजिलै विक्ने गरेको उनको भनाई छ । विदेश जाने आउनेलाई सस्तोमा धेरै माला दिनेगर्दा त्यस्ता माला छिटो बिक्री हुने गरेको र बिक्न कुनै समस्या नभएका बताउँछन् । तर कोइलीले माला आफुले भेला नगरेको नभई अरुबाद खरिद गर्ने गरेको पनि जानकारी दिएको खबर गोरखापत्र दैनिकले छापेको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!