मनिषालाई सहानुभूति समेत दिएनन् नेपाली कलाकारले
Published on Saturday, December 1, 2012
7:07 AM //
news
सामाजिक सञ्जालमार्फत मनिषाको स्वास्थ्य लाभको कामना गर्नेहरु कमै भेटिए । मुम्बइमा बसेर बलिउड सिनेमामा स्थापित मनिषालाई पाठेघरको क्यान्सर भएको खबर भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका थिए । उनको १३ मंसिरमा भारतको जसलोक अस्पतालमा उनको शल्यक्रिया भएको हो । नेपालकै नर्भिक अस्पतालमा अचानक भर्ना भएकी उनलाई परिवारले भारत उपचार गराउन पुर्याएको हो ।
अधिकांश नेपाली सिने कलाकारहरुले फेसबुक, टि्वटरजस्ता साइट चलाए पनि मनिषाप्रति कमैले मात्र सहानुभूति पोखे । ओबामालाई बधाइ दिन एक सेकेण्ड पनि ढिलो नगर्ने सिनेकर्मीहरुले नेपाली चेलीको दुःखद समाचार बाहिरिंदा समेत बेवास्ता गर्नुले 'नजिकको देउता हेला' भन्ने उखानलाई सम्झाएका छन् ।
तर केही शुभचिन्तक कलाकारहरुले भने मनिषाको अवस्थाबाट चिन्तित बनेको उल्लेख गर्दै सहानुभूति दिएका छन् । मनिषाकै जिल्लाबासी समेत रहेका नायक विम्लेष अधिकारीले आफ्ना फेसबुके साथीहरुलाई मनिषाप्रति प्रार्थना गर्न आग्रह गर्दै लेखेका छन्, 'कहिलेकाहिं दबाइले नगरेको काम प्रार्थनाले गर्छ रे । फेसबुक मित्रहरुलाई पनि प्राथना -शीघ्र स्वास्थ्य लाभका) गर्न आग्रह गर्छु ।'
नायिका नन्दिता केसीले आफूले मनिषालाई क्यान्सर भएको सुन्नसाथै 'शक' भएको र पत्याउन गार्हो परिरहेको बताएकी छिन् । उनले सान्त्वना दिंदै लेखेकी छिन्, 'जे हुनु भईसक्यो, अब उहाँको सुस्वास्थ्यको कामना गरौं र भगवानले मनिषालाई उत्साह प्रदान गरुन् ।'
Mixsansarको तर्फबाट समेत मनिषालाई शीघ्र स्वास्थ्य लाभको कामना ।
0 comments