विवाह गर्न नमान्दा बलात्कार
Published on Friday, November 30, 2012
9:59 PM //
news
१५ मंसिर, मुगु । महिला हिंसाबिरुद्ध देशभर १६ दिने अभियान चलिरहेको अवस्थामा मुगुको गाउँमा भने विवाह गर्न नमानेको निहुँमा एक किशोरी बलात्कारीको निर्मम सिकार बन्न पुगेकी छिन् ।
रोवा गाविस-६ निवासी १७ वषर्ीया किशोरीलाई रुगा गाविस-३ थार्पा बस्ने २० वर्षको रामसिंह बोहराले गत मङ्गलबार राति १२ बजेतिर जबर्जस्ती बारीमा लगेर बलात्कार गरेको बताइएको छ । किशोरीलाई विवाहको लागि प्रस्ताव गरिएको तर उनले विवाह गर्न नमानेकीले बलात्कार भएको रोबा गाविस-३ निवासी रुपबहादुर बुढाले बताए ।
पीडित किशोरीको उजुरीमा प्रहरीले अभियुक्त बोहरालाई निजकै घरबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको निमित्त प्रहरी नायब उपरीक्षक दिनेश भण्डारीले बताउनुभयो । किशोरी कक्षा ८ मा अध्ययनरत् छात्रा हुन् । रासस












0 comments