कस्तो छ आमिरको ‘तलाश’ ?
Published on Friday, November 30, 2012
6:59 PM //
Entertainment
वास्तवमा यो फिल्मका केही दृश्यहरुबाट आमिर सन्तुष्ट थिएनन् । एउटा पानीमुनिको दृश्य लण्डनमा दुइ पटक खिचिएको थियो । केही फिल्ममा आफ्नो भूमिकाको मागलाई ध्यानमा राख्दै आमिरले केही दृश्यका लागि नयाँ शिराबाट तामिल समेत लिए । यो फिल्ममा केही एक्सन सिन्सहरु नक्कली आमिरबाट गराउने चाहना निर्देशकको थियो तर आमिर आफैले डटेर एक्सन सिन्स दिए । कुनै सस्पेन्स थि्रलर फिल्मको रफ्तार कम भयो भने त्यसमा दर्शकलाई बाँध्न मुस्किल हुन्छ । यदि फिल्म नसकिँदै फिल्मको सस्पेन्स दर्शकले पत्ता लगाए भने दर्शकलाई हलभित्र रोकिराख्न असम्भव हुन्छ । यो कुरा बुझेकी रिमाले फिल्म अवधिभर दर्शकलाई बाँधिराख्ने सुत्र पक्रिइन् । उनले यो फिल्मका केही दृश्य मुम्बइको भिडभाडयुक्त स्थानमा शूट गर्ने जोखिम समेत उठाइन् ।
तलासको कथावस्तु
तलासमा आमिर खान प्रहरी निरिक्षक सृजन सिंह शेखावतको भूमिकामा देखिएका छन् । कथा अनुसार उनी आफ्नी सुन्दरी श्रीमती रोशनी अर्थात् रानी मुखर्जी र एक छोरीका साथ सुखी जिवन बिताइरहेका छन् । प्रहरीमा सृजनको छवि एउटा निकै प्रखर अधिकारीको रुपमा छ जो अप्ठेरा भन्दा अप्ठेरा घटनामा समेत गहिराइ सम्म पुग्न सक्छ । अचानक एक दिन बिहान शेखावतलाई फोन गरेर कसैले एउटा दुर्घटना तथा हत्याको बारेमा जानकारी दिन्छ । यो हत्याकाण्डको गहिराइसम्म पुगेर अनुसन्धान गर्नका लागि आमिरलाई यौनकर्मी रोजी अर्थात् करीना कपूर सँग भेट गर्न मुम्बइका कुख्यात गल्लीहरुमा पुग्नुपर्ने हुन्छ । जब उनी यो घटनाको गहिराइ सम्म पुग्नै लागेका हुन्छन् तब एउटा अनौठो घटना घट्छ । यो घटनाको छानविनका क्रममा आमिरको पारिवारिक जिवन यति नराम्ररी बिगि्रन्छ की उनी र रानी बीच डिभोर्स हुन्छ ।
कठीन भूमिकामा देखापर्ने आमिरका लागि तलासको प्रखर प्रहरी अधिकारीको भूमिका पनि निकै सुहाउँदो छ । खल्बलिएको पारिवारिक जिवन, दुर्घटना, तथा हत्याको छानविनका दौरान आमिरले फिल्ममा उत्कृष्ट अभिनय गरेका छन् । त्यसैगरी रानी मुखर्जीले समेत एउटी टिपिकल गृहिणीको भूमिका खेलेकी छिन् । यस्तै यौनकर्मीको नयाँ भूमिकामा देखा परेकी करीना कपूरले समेत फिल्ममा प्रभावकारी भूमिका निर्वाह गरेकी छिन् ।
यो फिल्मको निर्देशनको कुरा गर्दा रिमा कागतीका लागि यसबाट सफलता हात पार्न उतिसारो सजिलो छैन । भनिन्छ कुनैपनि महिला निर्देशकको लागि चर्चित स्टारलाई आफनो निर्देशन बमोजिम काम गराउनु निकै कठिन हुन्छ । तर रिमा भने आफ्नो बाटोमा आमिर लाई सफलतापूर्वक अढाइ घण्टासम्म हिडाउन सफल भएकी छिन् ।
सँगीतको दृष्टिकोणबाट समेत तलास सफल हुने देखिन्छ । फिल्म रिलिज नहुँदै तलासको एउटा गीत जिया लागे न, होना है क्या……. ले बजार पिटिसकेको छ । यो फिल्ममा राम सम्पतले निकै उत्कृष्ट सँगीत भरेका छन् ।
मर्डर मिस्ट्री लाई प्रभावकारी भूमिकामा देखाउन तलास सफल भएको छ । रोजीको भूमिकामा करीनाको जिवन्त अभिनय तथा फिल्मको भूमिकामा आफुलाई साँच्चीकै ढाल्ने आमिरको कला यो फिल्मको खुबी हो । मुम्बइको उत्कृष्ट लोकेसन तथा भावनाको अनौठो संगम । मोजमस्ती तथा चालू मसलाले बलिउड बजार तताइरहेका बेला तलाश कत्तिको खरो उत्रिन्छ, त्यो भने हेर्न बाँकी छ ।
0 comments