दर्शकले पचाउनै नसक्ने दृष्य नेपाली चलचित्र “एटीएम” मा (आलोचना भोगेपनि चल्ने भो एटीएम)
Published on Thursday, November 22, 2012
6:00 PM //
Entertainment
पछिल्लो सयममा नेपाली चलचित्रमा छाडापन र अश्लीलता बढ्न थालेको छ । निर्माण भएका अधिकांश चलचित्रहरुमा अश्लील शब्द र छाडा दृश्य समावेश गर्न थालिएको छ । यि दृश्य र संवाद हेर्दा निलो चलचित्रको झल्को दिने भनाइ ती चलचित्रका निर्माता निर्देशकहरुकै छ ।
हाल टेलिभिजन च्यानलहरुमा प्रोमो प्रसारण भइरहेको चलचित्र एटीएमले यसको हदै नाघेको छ । चलचित्रका तीन नायिका जिया के.सी, सविना कार्की र सोनिया शर्मालाई समेत अश्लील बोल्न लगाइएको छ भने यौन क्रियाकलापका दृश्य पनि प्रशस्तै छ ।
जहाँ, सिनेमाको सिद्धान्त भन्दा पनि नायक र नायिकाको रोमान्स मात्र समावेश गरिएको छ । हुनत, हरेक सिनेमामा नायक र नायिकाको रोमान्स सामान्य हो, तर रोमान्सको अर्थ नायकले नायिकाको वक्षस्थलमा मज्जैले समात्न पुग्छ, नायिकाको भित्र कपडा खोल्छ र चुम्वन गर्दछ । चलचित्रमा नायकले नायिकको स्तनमा समातेको दृश्य समेत रहेको छ । जुन दृश्य बन्द कोठाभित्र एक श्रीमान र श्रीमतिवीचमा हुने गर्दछ या कुनै व्लु फिल्ममा मात्र देख्न पाईन्छ । यसलाई आम दर्शकले, यदि सेन्सर बोर्डले आँखा चिम्लिएको खण्डमा भने, नेपाली सिनेमामा पनि यो कुरा देख्न पाईने भएको छ ।












0 comments