Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

ए डिभिजन लिग फूटबलमा हिमालयन र आरसीटी क्लब विजयी

Published on Thursday, November 22, 2012 5:28 PM //

७ मंसिर, काठमाण्डौ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फूटबलमा हिमालयन शेर्पा र रानी पोखरी कर्नर टिम आरसीटी विजयी भएका छन् । विहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा हिमालय शेर्पाले एपीएफ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्‍यो भने आरसीटीले वौद्ध फुटबल क्लबलाई २-० गोल अन्तरले पाखा लगायो ।
 
एपीएफका भिम श्रेष्ठले हिमालय शेर्पाका गणेश खड्कालाई फउल हानेपछि २४ औ मिनेटमा पाएको पेनाल्टीवाट गोल गर्दै पुकार गहतराजले हिमालयनलाई अग्रता दिलाए । यस्तै खेलको ४५ औँ मिनेटमा सोमवहादुर मल्लले गोल गर्दै टोलीलाई २-०को अग्रता दिलाए । हिमालयनका खेलाडीसामू निरिह देखिएको एपीएफले विपक्षीको पोष्टमा कुनै खतरनाक मुभ वनाउन सकेन । खेलको ६९ औँ मिनेटमा एपीएफका भीम श्रेष्ठले आफ्नै पोष्टमा आत्मघाति गोल गरेपछि हिमालयनल खेल ३-० ले जितेको हो ।
 
यस्तै दोस्रो खेलमा आरसीटीले वौद्धमाथि २-०को सहज जित हात पारेको छ । खेलको ४४ औँ मिनेटमा आरसीटीका अमर डंगोलले हानेको बललाई क्लिएर गर्न खोज्दा मन गुरुङले आफ्नै पोष्टमा जालि चुमाएपछि आरसीटीले अग्रता लियो । ६५ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा वौद्धले खेल वरावरीमा ल्याउने मौका गुमायो । ६७ औँ मिनेटमा ओलाओलेले दिएको पासलाई सदुपयोग गर्दै अमर डंगोलले जालि चुमाएर टोलीलाई २-० को जित दिलाए ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!