बलिउडका कलाकार कत्ति तिर्छन् कर ?
Published on Thursday, November 22, 2012
5:00 PM //
Entertainment
राज्यलाई कर तिर्ने बिषयमा बलिउडका कलाकार
निक्कै अघि छन् । आफ्नो कमाइको केही हिस्सा राज्यलाई वुझाउने बिषयमा बलिउड
सेलिब्रटी बिच तछाडमछाड नै हुने गर्दछ । कर समयमा वुझाउने भएकाले
उनीहरुलाई राज्यले सुविधा पनि प्रशस्त दिएको छ ।
चर्चित रियालिटी शो ‘कौन बनेगा
करोडपत्ती’बाट राम्रो आम्दानी गरिरहेका अमिताभ बच्चनले यो बर्ष ५ करोड कर
तिरेका छन् । उनले गतबर्ष १.४ करोड कर तिरेका थिए । कर तिर्ने सेलिब्रेटीको
सुचिमा नायक साहरुख खान चौथो स्थानमा छन् । उनले यो बर्ष ५ करोड कर तिरेका
छन् । यस्तै नायक रणबिर कपुरले ४ करोड, अमिर खानले ३.२५ करोड, सैफअली
खानले ३ करोड कर तिरेका छन् ।
कर तिर्ने नायिकाहरुको सुचिमा ऐश्वर्या
राय अंग्रपंक्तिमा छिन् । गत बर्ष १.१ करोड कर तिरेकी उनले यो बर्ष ३ करोड
कर राज्यलाई वुझाएकी छिन् । नायिका कटि्रना कैफले यो बर्ष २.६० करोड कर
तिरेकी छिन् भने नायिका करिना कपुरले २.२० करोड कर राज्यलाई वुझाएकी छिन् ।
0 comments