सलमानसँग सोनाक्षी, कट्रिनासँग रणबिर
Published on Thursday, November 29, 2012
4:32 PM //
Entertainment
नायक सलमान खान र नायिका कट्रिना कैफ बिचको रोमान्सको चर्चाले बलिउडमा
अझै पनि सेलाएको छैन । हुनत यि दुईबिच अहिले प्रेमसम्वन्ध छैन । तर पनि
सलमान र कट्रिनाको सम्वन्धका चर्चाले बजार तताइरहेको हुन्छ । तर चलचित्र
‘दबंग’को निर्माणसँगै सलमान र सोनाक्षीको सम्वन्ध झ्याङ्गीएको छ । सोनाक्षी
र सलमान पछिल्लो समय थुप्रै कार्यक्रममा सँगै भेटिन थालेका छन् । यसैबिच
बलिउडका यि दुई दबंग खेलाडीलाई थि्र डी चलचित्र ‘लाईफ अफ पाई’ हेर्दै
गर्दाको समयमा भेटिएको छ ।
सलमान र सोनाक्षी यो सिनेमा हेर्न मुम्बइको एक सिनेमा हलमा पुगेका थिए ।
सलमान आफ्नो परिवारसँगै सोनाक्षीलाई लिएर चलचित्रको स्पेशल शो हेर्न
पुगेका थिए । सलमान सोनाक्षीलाई लिएर सिनेमा हेर्न पुगिरहदा उनको पुर्व
प्रेमिका कट्रिना कैफ नायक रणबिर कपुरसँग यो सिनेमा हेर्न मुम्बइको एक
मल्टिप्लेक्स हल पुगेकी थिईन् । तर यि दुई हलमा १० मिनेट मात्र बसेको
भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हलमा सिनेमा हेर्न रणबिर र कटि्रना
आएको हल्ला फैलिएपछि यि दुई सुटुक्क हलबाट निस्किएका थिए । नायक रणबिर कपुर
र नायिका कट्रिना कैफबिच प्रेमसम्वन्ध चलेको हल्ला बेलाबेलामा बलिउड
बजारमा चल्ने गरेको छ । तर यि दुईले आफुहरु साथी मात्र भएको बताउदै आएका
छन् ।












0 comments