Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

मनिषा कोइरालालाई क्यान्सर

Published on Thursday, November 29, 2012 5:13 PM //


नायिका मनिषा कोइरालालाई क्यान्सर भएको छ । भारतीय संचारमाध्यमका अनुसार उनलाई क्यान्सर भएको पुष्टि भएको हो । केही दिन अघि अकस्मात बिरामी भई काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषलाई २ दिन अघि मुम्बई लगिएको थियो । मुम्बइको ‘जस्लोक’ अस्पतालमा उपचारका लागि भर्ना भएकी मनिषलाई क्यान्सर भएको पुष्टि भएको हो ।
‘जस्लोक’ अस्पतालमा उपचार गराइरहेकी मनिषाका साथमा उनकी आमा सुष्मा छिन् । मनिषाका भाई सिद्धार्थ र पिता प्रकाश गएराती मुम्बई पुगेको बताइएको छ । एउटा सामाजिक संजालले आयोजना गरेको कार्यक्रममा बिषाक्त खानेकुरा खाएपछि मनिषा बेहोस भएकी थिइन् । मुम्बईको ‘जस्लोक’ अस्पतालमा मनिषाले केही समय उपचार गर्नुपर्ने छ ।

मनिषाका भाई सिद्धार्थ नेपाली चलचित्र ‘मेघा’ मार्फत डेब्यु गर्ने तयारीमा थिए । तर यो सिनेमाको छायांकान तत्कालका लागि पछि सरेको छ । सिनेमाकी निर्देशक सम्झना रौनियारले आफ्नो व्यक्तिगत कारण देखाउदै सिनेमाको छायांकन पछि सारिएको बताएकी थिईन् । तर मनिषा अस्वस्थ भएकाले सिद्धार्थले तत्काल समय दिन नसकेकाले मेघाको छायांकन पछि सारिएको श्रोतको भनाई छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!