नेपाली चलचित्रकी 'डन कान्छी'
Published on Thursday, November 29, 2012
3:55 PM //
Entertainment
काठमाडौं । आफू वरिपरि घरेका मान्छेलाई हिरोले एक बक्सिङ र लात्तीकै भरमा
उडाइदिने दृश्य नेपाली सिनेमाका लागि नौलो मात्रै होइन आउटडेटेड शैली हो ।
राजेश हमाल, विराज भट्ट गर्जेकै भरमा वा उनीहरुले लात्ती उठाएकै भरमा
गुण्डाहरु उड्दै पछारिंदै गर्थे । सिनेमामा नायकहरुको अनिवार्य काम
हुन्थ्यो यो, कुनै बेला ।
यदाकदा नायिकाले समेत यस्तो चमत्कार देखाउँथे । यस्तै सूचिमा थपिंदैछिन्, नायिका सविना कार्की । 'डन कान्छी' चलचित्रमा उनले यस्ता मसलेदार दृश्य भरमग्दुर दिनेछिन् । आफ्नी दिदी बेचिएपछि त्यसको प्रतिसोध लिन उनी डन बन्न लागेकी हुन्, सिनेमामा ।
श्याम केसीले निर्देशन गर्ने सिनेमामा सविन श्रेष्ठले समेत अभिनय गर्ने छन् । आफूले सिनेमामा दादा केटीको भूमिका निभाउने सविनाले बताइन् । मंसिर अन्तिमदेखि सुटिङ गर्ने तयारी भईरहेको छ । सविनाको यो दोस्रो सिनेमा हो । उनी अभिनित पहिलो सिनेमा 'एटीएम'लाई भने छाडा भन्दै सरकारले प्रदर्शनमा रोक लगाएको छ । पहिलो गाँसमै ढुंगा लागेपछि सविना दोस्रो सिनेमामा डन बन्लिन् के ?

0 comments