Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

डलर फेरि बढ्न थाल्यो

Published on Sunday, November 25, 2012 10:52 AM //

सुदर्शन सापकोटा, काठमाडौं, मंसिर १० - निरन्तरत घटेर ८२ रुपैयाँ ३९ पैसामा झरेको डलरको मूल्य फेरी वढ्न थालेको छ। डलरको मूल्य बढेर ८८ रुपैयाँ ८५ पैसा पुगेको छ। डलर केही साता ८७ रुपैयाँको हाराहारीमा बसेको थियो। भारतीय सरकारको कदमपछि नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर हुँदै गएको थियो।
तर विस्तारै डलर फेरी वलियो हुन थालेको छ। अमेरिकी राष्ट्रपतीले आर्थिक सुधारका मुद्दाहरु उठाएसँगै डलरको मूल्य वढ्न थालेको हो।

भारतीयसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर (एक सय भारतीय बराबर सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो भएको हो। माघदेखि निरन्तर बढिरहेको डलरको दुई महिनादेखि घट्न थालेको थियो। राष्ट्रपती चुनाव सकिएसँगै आर्थिक सुधारका मुद्दा उठ्न थालेकाले डलर बढ्न थालेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

डलर सस्तो हुँदा विदेशबाट भित्रिने वस्तु किन्ने, पढ्न, घुम्न स्वास्थ्य उपचारका लागि बाहिर जानेलाई फाइदा हुन्छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने नेपालीले पठाउने पैसा (रेमिटेन्स) पाउने परिवारलाई भने डलर कमजोर हँुदा असर गर्छ। गत आर्थिक वर्ष रेमिटेन्स खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ भित्रिएको थियो।
डलर महँगिएपछि अधिकांश आयातित वस्तुको मूल्य वढ्नेछ। यसको असर देखिन भने केही समय लाग्नेछ। राष्ट्र बंैकका अनुसार गत वर्ष आयात १६. प्रतिशतले बढेर खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँको भएको थियो। चालु वर्षको साउनमा आयात ४६ अर्ब ९८ करोड रुपैयाँको भएको छ। निकासीकर्ताको आय भने बढ्नेछ। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा पनि डलरले असर गर्ने छ।

खासगरी भारतबाहेक देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो हुने छ। विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा उत्पादन गर्ने उद्योगको लागत पनि बढ्नेछ। सबैभन्दा वढी मार पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। डलर महँगिएका कारण पेट्रोलिय पदार्थको मूल्य बढ्न चाप पर्ने छ।

डलर बलियो हुँदा सरकारले विभिन्न दातृ निकायलाई तिर्नु पर्ने ऋणको सावाँ ब्याजको भार वढी पर्छ। डलरमा बिजुली किन्नुपर्ने आयोजनालाई सरकारले वढी पैसा तिर्नु पर्छ। विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढ्छ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!