Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

कास्की कारागारभित्र कुटाकुट, १२ जना घाइते

Published on Sunday, November 25, 2012 11:23 AM //

सन्तोष पोखरेल, पोखरा, मंसिर १० - कास्की कारागारभित्र बन्दीबीच झडप हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको भने अन्य उपचारपछि फर्केका छन्।


लोडसेडिङको बेला शुक्रबार बेलुकी करिब बजे बन्दीबीच एकआपसमा झडप भएको थियो। झडपमा घाइते भएका बन्दीद्वय ३५ वर्षिय बुद्धि भुजेल ३० वर्षिय सुनिल रानाभाटको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। उनीहरुको टाउको, कान तथा आँखामा चोट लागेको छ।

भुजेलको शुक्रबार रातिदेखि नै उपचार भइरहेको भने सामान्य उपचारपछि फर्केका रानाभाटलाई शनिबार बिहान पुनः अस्पताल लगिएको प्रहरी निरीक्षक तथा कास्की प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए। सामान्य घाइतेहरुलाई उपचारपछि बिहान तीन बजे फिर्ता ल्याइएको थियो।

बन्दीहरुका नाइके चन्द्र गुरुङ उनका सहयोगीसँगको मनमुटावका कारण असन्तुष्ट बन्दी नाइके समुहबीच कुटाकुट भएको पौडेलले जानकारी दिए। घटनालगत्तै कास्कीका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम कारागार पुगेका थिए। त्यसलगत्तै थप सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको थियो।
खाना पकाउनका लागि राखिएका दाउरा, चिर्पट, लाठी मुक्काले हानाहान भएको पौडेलले जानकारी दिए। 'दुई समुहबीचको मनमुटावका कारण कुटाकुट भएको हाम्रो प्रारम्भिक अनुमान , अन्य कुरा अनुसन्धानपछि मात्र थाहा हुन्छ,' उनले भने, 'आन्तरिक मनमुटाव बाहेक अन्य कुनै कारण हो जस्तो देखिदैन।' सई पूर्णबहादुर गुरुङको कमाण्डमा कारागारमा ३५ जना सुरक्षाकर्मी खटाइएको थियो।

कास्कीका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले आन्तरिक विवादका कारण झडप भएको बताए। उनले सुरक्षा 'थ्रेट' नभई आन्तरिक विवादका कारण झगडा हुदा कुटाकुट भएको बताए। 'बाहिरी समस्या होईन, दुईपक्षबिच झडप भएको हो, उनीहरुकै विवादका कारण कुटाकुट गरेका हुन' उनले भने, 'अनुसन्धानपछि यकिन कारण थाहा हुन्छ।'
घटनापछि कास्की प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको संयोजकत्वमा तीनसदस्यीय छानविन समिति गठन गरेको छ। समितिमा कारागारका जेलर सुनिल अधिकारी प्रहरी निरिक्षक रवीन्द्र पौडेल सदस्य रहेका छन्। समितिले छानविनको काम थालेको आईतबारभित्रै प्रारम्भिक प्रतिवेदन ल्याउने पौडेलले बताए। ६० जना बन्दी क्षमता रहेको कास्की कारागामा अहिले सबैगरि सय ५२ जना थुनुवा छन्।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!