Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

ऋतिक बने सबैभन्दा बढि पारिश्रमीक लिने बलिउड नायक

Published on Sunday, November 25, 2012 12:11 PM //

नायक ऋतिक रोशन बलिउडमा सबैभन्दा बढि पारिश्रमिक लिने नायक बनेका छन् । यसअघि नायक सलमान खानले ‘एक था टाइगर’मा अभिनय गरे बापत्त २७ करोड पारिश्रमिक लिएका थिए । अब नायक रोशनले एक हलिउड चलचित्रको हिन्दी रिमेकका लागि ३० करोड पारिश्रमिक लिदै सलमानलाई उछिनेका हुन् । हलिउड फिल्म ‘नाइट ऐंड’ को रिमेकका लागि रोशनले ३० करोड पारिश्रमिक लिएका हुन् ।


उनले टाम क्रुज र कैमरुन डियाज जस्ता चर्चित हलिउड स्टारले अभिनय गरेको ‘नाइट ऐंड’को हिन्दी रिमेकका लागि यति धेरै पारिश्रमिक लिएका हुन् । पछिल्लो समयमा बलिउड सिनेमा नगरीमा अस्ताए झै देखिएका ऋतिकको माग भने अझै नघटेको पुष्टि यो संझौताले पनि गर्दछ ।


0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!