कागजजस्तै पट्याउन मिल्ने मोवाइल !
Published on Friday, November 30, 2012
3:29 PM //
World
अहिले यसको चर्चा बढेको छ र आगामी वर्ष
सन् २०१३ सम्ममा यस्तो पहिलो फोन बजारमा उपलब्ध हुनेछ । एलजी, फिलिप्स,
शार्प, शोनी र नोकिया सस्ता कम्पनी यस प्रविधि निर्माणमा जुटेका छन् । तर,
सबैलाई उछिनेर दक्षिण कोरियाली कम्पनी सामसुङले सबैभन्दा पहिला यस्तो फोन
ल्याउन सक्ने बताइएको छ ।सामसुङ लचिलो प्रविधिको पक्षधर हो र उसलाई विश्वास
छ कि यो विश्वभर निकै लोकप्रिय हुनेछ । सामसुङका प्रवक्ताका अनुसार यस्तो
फोनको स्क्रीन मोडिने र उत्कृष्ट त हुन्छ नै । यसको साथमा परम्परागत
एलसीडी टेक्नोलोजीको तुलनामा प्लास्टिकको जस्तै हलुका र पातलो पनि हुनेछ ।
पूर्ण रुपमा लचिलो मोबाइल फोन बनाउन स्क्रीनका साथ साथै कभरदेखि
ब्याट्रीसम्म पनि त्यस्तै हुनुपर्नेछ ।
सन् १९६० को दशकमा पहिलो पटक लचिलो सौय
सेल प्रदर्शन गरिएको थियो भने सन् २००५ मा फिलिप्सले एक नमूना सार्वजनिक
गरेको थियो । क्याबि्रज विश्वविद्यालयका प्रोफेसर आन्द्रे फेरारी भविश्यको
लचिलो पदार्थहरुमा अध्ययन गरिरहेका छन् । उनी यसका लागि ग्रेफीनको प्रयोग
गर्छन् । यो पदार्थ सन् २००४ मा म्यानचेष्टर विश्वविद्यालयमा काम गर्ने दुई
रुसी बैज्ञानिकले बताएका हुन् । ग्रेफीन कार्बनको अणुले भनेको पातलो
झिल्ली हो र हिराभन्दा पनि बलियो हुन्छ । शोधकर्ताहरुका अनुसार ग्रेफीन र
सिलिकोन पारदर्शी र हलुका मात्र हैन, यसले भविश्यको इलेक्ट्रोनिक उपकरणमा
क्रान्तिकारी परिर्वतन ल्याउँछ ।
नोकियाका लागि काम गरिरहेका प्रोफेसर
फेरारी भन्छन्- हामी लचिलो र पारदर्शी डिस्प्लेमा काम गरिरहेका छौं, जुन
भविश्यको लचिलो फोन, ट्याबलेट, टीभी र सोलार सेटको हिस्सा हुनेछ ।
एजेन्सीको सहयोगमा












0 comments