Published on Friday, November 30, 2012
4:15 PM
//
World

मंसिर
१५ । सन् २०१२ को डिसेम्बरमा विश्व धवस्त हुने कुरा गलत भएको नासाका
वैज्ञानिकहरुले बताएका छन् । नासाको आफ्नो अफिसियल वेवसाईटमा २१ डिसेम्बर
२०१२ मा विश्वनै धवस्त हुने भनि हुदै आएको चर्चा सहि नभएको बताइएको छ । चार
अर्ब वर्ष देखि पृथ्वीको आफ्नै चाल रहेको र अहिले त्यस्तो कुनै फरक खबर
वैज्ञानिकहरुले फेला नपारेको उल्लेख छ । निबिरुको नामको एक ग्रह पृथ्वी संग
ठोक्किने र पृथ्वी नै धवस्त हुने भनि यसअघि विश्वभरनै चर्चा चल्दै आएको छ ।
निविरु पृथ्वी संग ठोक्किने कुरा गलत भएको र यो एक ईन्टरनेटमा फैलिएको
अफवाह मात्रै भएको नासाका उच्च वैज्ञानिकहरुले दाबी गरेका छन् ।
0 comments