Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सिद्धार्थले दिए डर्टी गर्ललाई चौध करोडको उपहार

Published on Thursday, November 29, 2012 8:29 PM //


बलिउड डर्टी गर्ल विद्या बालनले आफ्नो प्रेमी सिद्धार्थसँग लगठ गाँठो कस्ने भएकी छिन् । तेस्रो पत्नीको रुपमा विद्यालाई भित्र्याउन पाउँदा सिद्धार्थ रोय कपूर अत्यन्तै खुशी छन् ।

सिद्धार्थले विद्यालाई घरमा भित्र्याउनका लागि सबै किसिमको तयारी पूरा गरिसकेका छन् । जुन घरमा उनले विद्यालाई दुलही बताएर भित्र्याउँदै छन्, त्यो घर पूर्ण रुपमा तयार भइसकेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

जुहु तारास्थित उक्त फेसिङ अपार्टमेन्ट सिद्धार्थले विद्यालाई गत वर्ष गिफ्टको रुपमा दिएका थिए । अपार्टमेन्टको  सारा फर्निचर तथा इन्टेरियर फेरिइसकेको छ भने यसलाई ब्लक नाम दिइएको छ । उक्त सुनदर अपार्टमेन्टको मूल्य १४ करोड भारतीय रुपैयाँ रहेको समाचारमा जनाइएको छ ।

विद्यालाई स्वागत गर्नको लागि सिद्धार्थ उक्त घरमा बस्न थालिसकेका छन् । विहे पश्चात यो जोडी यही घरमा बस्नेछ ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!