प्रियंकाले थ्री लभर्स निर्देशकलाई नै किन रोजिन् ?
Published on Thursday, November 29, 2012
7:58 PM //
Entertainment
साप्ताहिक टिभी कार्यक्रम रजतपटमा अर्न्तवार्ता दिंदै नायिका कार्कीले सुरेश दर्पण आफ्नो गड फादर भएको बताएकी छिन् । सिल्भर स्क्रिनमा डेब्यू गरेर उतारेकाले सुरेशलाई उनले गड फादर मानेकी हुन् । थ्री लभर्सलाई डेब्यू फिल्म बताउँदै प्रियंकाले डेब्यू फिल्म मुटुको नजिक रहने बताउँदै सुरेशले यो मौका दिएकोमा खुसी व्यस्त गरिन् । तर उनले फिल्ममा पहिलो पटक भने मेरो बेस्ट फ्रेण्डमा अभिनय गरेकी हुन् ।
यस्तै प्रियंकाले मंसिर २२ गतेलाई कहिल्लै बिर्सन नसक्ने बताईन् । थ्री लभर्स आफ्नो करियरको टर्निङ प्वाईण्ट समेत रहेकाले फिल्म रिलिज मितीलाई उनले सम्झिरहने बताईन् । थ्री लभर्समा सस्पेन्स क्यारेक्टर निर्वाह गरेकी प्रियंकालाई निरज बराल र देबु श्रेष्ठले साथ दिएका छन् ।
0 comments