कलाकारहरु पिकनिक जाँदै
Published on Thursday, November 29, 2012
9:01 PM //
Entertainment
नेपाली सिनेमा उद्योगका दुई सय भन्दा बढी कलाकारहरु यही पौष सात गते गोदावरीमा पिकनिक जाने भएका छन् । नेपाल चलचित्र कलाकार संघले पिकनिक कार्यक्रमको आयोजना गरेको हो । पिकनिक आयोजना गरिएको बारे कलाकारहरुलाई आजबाटै जानकारी गराउने काम सुरु भइसकेको संघका अध्यक्ष नवल खड्का मेरो सिनेमालाई जानकारी गराउँछन् ।
‘काठमाडौ उपत्यकामा भएका सबै कलाकारहरुलाई सहभागी गराउने हाम्रो उद्धेश्य छ’ अध्यक्ष खडका भन्छन् । गत मंसिर पाँच गते बसेको कार्यसमितिको बैठकले पिकनिक जाने निर्णय गरेको बताउँदै उनी भन्छन् ,‘कलाकारहरु बीचको सम्बन्ध विस्तार गर्न र मनोरञ्जन लिने हिसाबले पिकनिकको आयोजना गरिएको हो ।’ वनभोज कार्यक्रमलाई व्यवस्थित गर्न कार्य समितिको बैठकले उपाध्यक्ष सानु कुमार ताम्राकारको संयोजकत्वमा एउटा टोली नै गठन गरेको छ ।
जहाँ कोषाध्यक्ष आकाशवाबु खवासले क्याट्रिङको जिम्मा लिएका छन् भने निशा अधिकारी, पूजना स्त्री, लक्ष्मी गिरी, मनोज श्रेष्ठ, उत्तम के.सी लगायत सहयोगीको रुपमा छन् । विभिन्न साँस्कृतिक कार्यक्रम सहित गेम्सहरुको पनि आयोजना गर्ने बताइएको वनभोज कार्यक्रम स्थलमा बिहान सात बजे नै पुग्ने लक्ष्य राखिएको छ । वनभोजमा सहभागी हुनेले एक जना व्यक्ति बराबर एक हजार रुपैयाँ तिर्नुपर्नेछ ।












0 comments