आजदेखि ए डिभिजन लिग सुरु
Published on Tuesday, November 20, 2012
8:09 AM //
news
काठमाडौं, मङ्सिर ५ (नागरिक)- डेढ करोडको पुरस्कार, १६ क्लब, ४ सय बढी खेलाडी, दैनिक दुई खेल। अबको तीन महिना दशरथ रंगशाला यिनै तथ्यको वरिपरि घुमिरहने छ।
नेपाली फुटबलको इतिहासमै सबैभन्दा बढी पुरस्कार राखेर हुन लागेको सहिद स्मारक ए डिभिजन लिग आज (मंगलबार) दशरथ रंगशालामा सुरु हुँदैछ। उपाधिका लागि १६ क्लबले एकअर्कासँग भिडिरहँदा रेलिगेसन टार्ने लक्ष्यमा पनि टोलीहरू हुनेछन्। २०६३ मा भएको विवादपछि अझै पूर्णरूपमा संक्रमण चिर्न नसकेको नेपाली फुटबलमा यसपालि लिग गत वर्षको तुलनामा भिन्न रूपमा हुँदा तीन क्लब रेलिगेसनमा पर्ने व्यवस्था छ।
२०६६ मा तत्कालीन दुई समानान्तर संघ (अखिल नेपाल फुटबल संघ र नेपाल फुटबल संघ) का बी डिभिजन लिगबाट बढुवा भएका ४-४ क्लबका कारण ए डिभिजनमा भएको क्लबको घुइँचो कम गर्न आयोजक एन्फाले यसपालि तीन क्लब रेलिगेसनमा झारेर बी डिभिजनबाट एक क्लब मात्र उकाल्ने योजना बनाएको छ। हरेक वर्ष फरक रूपमा लिग सम्पन्न गर्दै आएको नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपालि राष्ट्रिय लिगको अवधारणा त्यागेको छ। गतवर्ष सुरु गरिएको राष्ट्रिय लिगको अवधारणा त्याग्दै यसपटक 'सुपर एट' को पुरानै पद्धति अंगालेको छ।
विगतमा पनि विभिन्न समय शीर्ष टोलीहरू समेटेर 'सुपर सिक्स' को छुट्टै लिग गर्ने गरिएको थियो। गत वर्ष भने जिल्लालाई शीर्ष स्तरमा खेल्ने र क्लबलाई साधारण सभाको मताधिकार दिने राजनीतिक नाराको सम्बोधनस्वरुप राष्ट्रिय लिग गरिएको थियो। विवादपछि नेपाल फुटबल संघ एन्फामा मिलेसँगै पदाधिकारीहरूले आन्दोलनमा उठेका मुद्दालाई सम्बोधन गर्न त्यस्तो निर्णय लिइएको बताएका थिए।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले गत वर्ष प्रयोगका रूपमा सुरु गरिएको राष्ट्रिय लिगको अवधारणा सफल नभएकाले यसपालि पुनः परिवर्तित लिग गर्न लागेको बताएका छन्। ' जिल्लाको क्लबहरु सोचे अनुरुप बलियो नभएकाले राष्ट्रिय लिग स्तरीय हुन सकेन। फेरि क्लब र जिल्लाको सांगठनिक स्वरुप फरक हुने भएकाले पनि त्यो चल्न सकेन,' उनले भने, 'भौतिक पूर्वाधार यस्तो लिगका लागि सबैभन्दा ठूलो बाधक रह्यो।'
यसपटक १६ क्लबले एकअर्काविरुद्ध खेलेपछि पुछारका तीन क्लब रेलिगेसनमा पर्नेछन् भने शीर्ष ८ टोली 'सुपर एट' लाई छानिने छन्। बाँकी पाँच क्लब भने ए डिभिजनमा यथावत रहने छन्। 'सुपर एट' का लागि छानिने ८ क्लबबीचमा पुनः दोस्रो चरणमा राउन्ड रोबिन पद्धतिअनुसार हुने खेलले विजेताको निर्णय गर्नेछ।
लगातार तीन पटकको च्याम्पियन नेपाल पुलिस क्लबको उपाधि रक्षा अभियानमा यसपालि पनि नियमित महारथीहरू लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी मुख्य तगारोका रूपमा प्रस्तुत हुने छन्। त्यसो त यति हिमालयन शेर्पा, एनआईबिएल फ्रेन्ड्स, म्याकडोवल्यस आरसिटी, मच्छिन्द्रले पनि कडा चुनौति दिने सम्भावना छ।
पछिल्ला केही महिनाको प्रदर्शनलाई हेर्न हो भने सिमि्रक सरस्वती, सामसुङ जावलाखेल, महेन्द्र बाँसबारी, मध्यपुर युथ एसोसिएसन, एपिएफ, बौद्ध फुटबलले भने 'ए' लिगमा टिक्नका लागि पर्याप्त कसरत गर्नेछन्। विगतलाई हेर्दा उपाधि होड र रेलिगेसन टार्न उत्तिकै रोमाञ्चक प्रतिस्पर्धा हुनेछ।

0 comments