Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

बिदेश जाँदा पनि मापसेको खत लाग्ने !

Published on Tuesday, November 27, 2012 10:30 AM //


१२ मंसिर, काठमाण्डौं । मापसे कारबाहीमा पर्ने व्यक्तिको विवरण अव विदेश जानुअघि प्रहरीले दिने चारित्रिक प्रमाणपत्रमा उल्लेख गर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसे कारबाहीमा पर्नेको अभिलेख प्रधान कार्यलय पठाउँदैछ । त्यसलगत्तै विदेश जानुअघि प्रहरीबाट लिनुपर्ने सवारी चालकका रुपमा काम गर्न जानेले लिने चालचलन सिफारिसमा यो पनि उल्लेख हुनेछ ।

‘अभिलेख राख्ने काम भइरहेको छ,’ महाशाखा प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले भने, ‘पटक पटक कारबाहीमा पर्नेहरुको प्रहरी प्रधान कार्यालयबाट दिइने ‘प्रहरी क्लिरियन्स रिर्पोट’ र रोजगारीका लागि दिन ट्राफिक क्लिरियन्स रिर्पोर्ट’ मा समेत मापसे गरेको उल्लेख गछौं ।’
मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा मानवीय र भौतिक क्षति भएपछि दुर्घटना न्युनीकरण गर्न गत बर्ष मंसिरदेखि मापसे कारबाही अभियान सुरु भएको थियो । यो अवधिमा ६५ हजार ७ सय ५२ जना कारबाहीमा परेको खबर कान्तिपुर दैनिकले छापेको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!