संकटमा सुष्मा कार्की
Published on Tuesday, November 27, 2012
11:05 AM //
Entertainment
तर अहिले सुष्माको हात खाली छ । निर्देशकले उनलाई सम्पर्क नगरेको एक महिना बितिसकेको छ । नेपाली सिनेमामा कथाले मागेजस्तो सिन दिए जति पनि बिकिन्छ भन्ने धारणा छ । भद्दा सेक्स सिन दिएकोबारे कसैले प्रश्न गरे नायिकाहरु सोही थेगो पछ्याउँदै भन्छन्, 'कथाले मागेपछि के गर्नु ?' कथाले मागेजति सिन दिन तयार हुँदा समेत नायिका सुष्माका हातमा किन सिनेमा छैनन् ?
कथाले नमाग्दै रिलमा होइन कि रिअल लाइफमै 'हट सिन' दिन थालेपछि सुष्मा सिनेमाविहीन बनेकी हुन् । निर्देशक राजु गिरीको सिनेमा 'वार'को सुटिङ चलिरहँदा सुष्मा ब्वाइप|mेन्डसँग किस सिन दिन मस्त भइन् । जसले गर्दा सुष्मा सिनेमाबाट बाहिरिनुपर्यो । निर्देशकले निकालिदिएपछि सुष्माले सिनेमा खेल्न पाएकी छैनन् ।
आफ्नै हर्कतबाट धोका खाएकी सुष्माले यसअघि सेक्स सिन अन्जानमै दिएकोले आइन्दा नदिने घोषणै गर्नुपर्यो । उनले भनेकी थिइन्, 'अब राम्रा सिनेमा मात्रै खेल्छु ।' तर हालसम्म सुष्माले राम्रा सिनेमा हात पारेकी छैनन् । सुष्माको सिने करियर नै धरापमा परेको जानकारहरु बताउँछन् । खहरे खोलाको भर नपर्नु भन्ने उखान अबचाहिं सुष्माले बुझिलन् कि ?












0 comments