विश्वकप हात्ती पोलो प्रतियोगिता नेपालको बर्दियामा हुदै
Published on Wednesday, November 28, 2012
5:57 PM //
news
हात्तीपोलोको ३१ औं शृङखला यही मङसिर १० गतेदेखि एक हप्ता हुने छ । चितवन निकुञ्जभित्र रहेको टाइगर टप्स होटलको आयोजनामा सन् १९८२ देखि सो प्रतियोगिता आयोजना हूँदै आएको थियो । निकुञ्जभित्र रहेको होटलको म्याद गत असार मसान्तमा सकिएको र नविकरण नभएको हुनाले सो खेलको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जमा गर्न लागिएको टाइगर टप्स होटलका महाप्रबन्धक यादव बान्तवाले बताउनुभयो ।
तीन वर्षअघि पनि निकुञ्जभित्र रहेका होटलको म्याद थप्ने नथप्ने विषयको टुङगो नलाग्दा टाइगर टप्स होटलले बर्दियामै हात्ती पोलोको आयोजना गरेको थियो । यस वर्ष प्रतियोगितामा ८ वटा समुहले सहभागिता जनाउने आयोजकले बताएको छ । सन् १९८२ देखि नेपालमा टाइगर टप्स होटलका सञ्चालक जिम एडवर्डले यो खेलको सुरुवाआत गरेका हुन् । अझै पनि होटलमा आउने पर्यटक नै यो खेलमा सामेल हुन्छन् । बर्दिया जिल्लामा हात्ती पोलो विश्वकप प्रतियोगीता आयोजना गरेर बर्दिया जिल्लालाई विश्वमा नै चिनाउन खोजिएको महाप्रवन्धक वान्तवाले बताउनु भयो । सुन्दर पर्यटकिय क्षेत्र बर्दिया विभिन्न कारणले ओझेलमा परेको छ
0 comments