‘कुछ कुछ हो ता हे’ की अंजलीको साहरुखसँग रोमान्स गर्ने चाहना
Published on Wednesday, November 28, 2012
5:24 PM //
Entertainment
निर्देशक करण जोहरले निर्देशन गरेको
चलचित्र ‘कुछ कुछ हो ता हे’ आज पनि आमदर्शकको नजरमा ताजै छ । नायक साहरुख
खान, रानी मुखर्जी र काजोलको त्रिकोणात्मक प्रेमकथामा आधारित यो सिनेमामा
अर्की एक पात्र पनि थिइन् । रानी मुखर्जी र साहरुखको छोरी भएर अभिनय गरेकी
अंजली सबैको पि्रय बनेकी थिइन् । चलचित्रमा ८ बषिर्य बालिकाको भुमिकामा
अभिनय गरेकी अंजलीको बास्तवीक नाम साना हो ।
‘कुछ कुछ हो ता हे’ मा साहरुखको पि्रय
छोरीको रुपमा अभिनय गरेकी साना अर्थात अंजलीलाई अब चलचित्रको पर्दामा उनै
रोमान्सका बादशाहसँग रोमान्स गर्ने रहर जागेको छ । उनी साहरुखको प्रेमिकाको
रुपमा सिनेमामा देखिने अभिलाषा बोक्दै छिन् । उनले साहरुखसँग चलचित्रको
पर्दामा अभिनय गर्न मन लागेको बताएकी छिन् ।
‘कुछ कुछ हो ता ह’े मा आफ्नो प्यारी
छोरीको रुपमा अभिनय गरेकी सानालाई साहरुखले प्रेमीकाको रुपमा स्विकार
गर्छन् या गर्दैनन् त्यो हेर्न बाकी नै छ । तर साहरुख र सानाको जोडिले
बलिउडमा पुन एकपटक चर्चा पाउने कुरामा दुइमत छैन ।
0 comments