Published on Wednesday, November 28, 2012
6:40 PM
//
Entertainment
पछिल्लो समय व्यापक आलोचना र नकारात्मक
टिप्पणी आए पनि नायिका जिया केसी उत्तेजक दृश्य र अंग प्रदर्शन गर्न
लर्खराएकी छैनन् । चलचित्रमा आफ्नो जवानीलाई मजैले बिकाउन चाहने जिया
‘बदनाम हुनु गुमनाम नहुनु’ भन्ने सिद्धान्त बोकेको बताउँछिन् ।
उनै नायिका केसीले चलचित्र ‘बर्बाद’का
लागि उत्तेजक दृश्य दिएकी छिन् । पोखरामा हालै मात्र सिनेमाको शीर्ष गीतको
छायांकन भएको छ । मंसिरको चिसोमा जियाले नवनायक गणेश गिरीलाई खुलेरै आफ्नो
जवानी सुम्पेकी छिन् । जाडोका बेला पोखरीको चिसो पानीमा अर्धनग्न शरीर
डुबाउँदा निक्कै गाह्रो भएको उनको भनाइ छ ।
जीके शर्माको निर्माणमा धमाधम छायांकन
भइरहेको चलचित्र बर्बादमा जियाले बेडसिन पनि दिएको बताइएको छ । रिम
विश्वकर्माले निर्देशन गरिरहेको चलचित्र बर्बादले श्रीमानसँग सन्तुष्ट हुन
नसकेकी एक महिलाले परपुरुषसँग राख्ने सम्वन्धलाई मुख्य रुपमा उठान गरेको छ ।

0 comments