Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

ए डिभिजन लिगमा पुलिसमाथि मच्छिन्द्रको सानदार जित

Published on Wednesday, November 28, 2012 7:20 PM //


१३ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्रले डिफेण्डिङ च्याम्पियन नेपाल पुलिसमाथि सानदार जित हात पारेको छ ।
बुधबार भएको खेलमा ‘रेड हर्स’ मच्छिन्द्रले पुलिसलाई २-० ले पराजित गरेको हो । लिगमा खराव सुरुवात गरेको पुलिस पहिलो खेलमा मध्यपुरसँग बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा संकटासँग पराजित भएको थियो ।

त्रिपुुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुबाटै पुलिसलाई दबावमा रोखेको मच्छिन्द्रले गोल भने दोस्रो हापमा गरेको हो । खेलको ६६ औं मिनेटमा लक्ष्मीनारायण श्रेष्ठले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । कर्ण लिम्बुको प्रहार पुलिसका गोलरक्षक रितेश थापाले रोके पनि बल नियन्त्रणमा लिन सकेनन् र अनमार्क रहेका श्रेष्ठले बललाई जाली चुमाए ।
७० औं मिनेटमा विशाल राई एले अग्रता दोब्बर गर्ने सुन्दर मौका चुकाए । केही अगाडी आएका पुलिसका गोलरक्षक रितेशले पुत्काएको बलमा उनले खाली पोष्टमा गोल गर्न सकेनन् । ७८ औं मिनेटमा विसाल राई बीले मच्छिन्द्रको अग्रता दोब्बर पारे । डिबक्स बाहिर पाएको फि्र किकमा उनले हानेको बल पुलिसका रक्षक रितेशले पत्तै पाउन सकेनन् । खेलमा पुलिसले र्फकने प्रयास गरेपनि सफल भएन र मच्छिन्द्रलाई ३-० ले नजिता सुम्पियो ।
बुधबार नै भएको अर्को खेलमा १-१ गोलको बराबरी खेल्दै संकटा र सरस्वतिले अंक बाडेका हुन् । खेलमा अग्रता भने सरस्वतिले लिएको थियो ।
२६ औं मिनेटमा याना इलिआसको गोलबोट सरस्वतिले अग्रता लिएको थियो । तर, ५५ औं मिनेटमा संकटाका सल्यान खड्गीले बराबरी गोल फर्काए ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!