एक सय बुद्धिमानको सूचीमा नेपाली शून्य
१३ मंसिर, काठमाडौं । अमेरिकी अन्तराष्ट्रिय पत्रिका फरेन पोलिसीले ‘१०० टप ग्लोवल थिंकर्स’ (चिन्तक) हरुको सूची सार्वजनिक गरेको छ ।
सन् २०१२ का लागि बनाइएको बौद्धिकहरुको
सूचीको पहिलो नम्बरमा बर्माका लोकतन्त्रवादी नेतृ एवं नोबेल शान्ति
पुरस्कार विजेता आङ साङ सूकीसँगै राष्ट्रपति थिन सेन छन् । ग्लोवल
थिंकर्सको सूचीमा नेपालका भने केही पनि परेका छैनन् । अमेरिकी पूर्व
राष्ट्रपति बिल क्लिन्टन र उनका श्रीमती एवं अमेरिकी विदेशमन्त्री हिलारी
क्लिन्टन तेस्रो नम्बरमा छन् भने विल गेट्स र उनीकी श्रीमती मेलिन्डा पाँचौ
नम्बरमा छन् ।
यसैगरी भारत विहारका मुख्यमन्त्री
नितिसकुमार ७७ औं नम्बरमा छन् । भारतीय मूलका आर्थिक जानकार राज चेट्टी
नितिसभन्दा ३ स्थान अघि ७४ औं स्थानमा छन् ।












0 comments