'कलिउड' नायिकाको फेसबुकमा हारगुहार
Published on Wednesday, November 28, 2012
8:33 PM //
Entertainment
निर्माण यूनिटले एग्रिमेन्ट अनुसारको रकम चुक्ता नगरेको भन्दै ‘कलिउड’ डेव्यू नायिका पायल थापाले सामाजिक सञ्जाल फेसबुकमा हारगुहार मागेकी छिन् । ‘कलिउड’ यूनिटले एग्रिमेन्ट अनुसारको रकम भुक्तानी नगरेर आफुमाथि गद्धार गरेको भन्दै पाययलले हिजो फेसबुक वालमा स्टाटस अपलोड गरेकी थिइन् । तर केही क्षणमै उनले उक्त स्टाटस डिलिट गरिन् । खासमा कुरो के हो त ? उनी निकट स्रोत भन्छ , ‘साइनिङ अमाउन्ट बीस हजार र बिचमा लिभिङ खर्च बाहेक पायलले अरु कुनै रकम पाएकी छैनन् ।’ स्रोतको भनाइ अनुसार निर्मातासँग पायलको सुटिङ सकिएपछि पूरै रकम चुक्ता गर्ने सम्झौता भएको थियो । तर सुटिङ सकिएपछि पनि निर्माताले पैसा दिन कुनै चासो नदेखाएको र पायलले पठाएको म्यासेज र कल पनि रिसिभ नगरेको उनी निकट स्रोतले मेरो सिनेमालाई जानकारी गराएको छ ।












0 comments