नेपालमा धेरैको विवाह सानै उमेरमा
Published on Monday, November 26, 2012
5:44 PM //
news
काठमाडौँ, मंसिर ११ (नागरिक) - नेपालमा अझै पनि किशोर उमेरमा नै विवाह
गर्नेहरुको संख्या धेरै रहेको छ। राष्ट्रिय जनगणनाको आज सार्वजनिक गरिएको
अन्तिम प्रतिवेदनमा यो तथ्य सार्वजिनक भएको हो।
राष्ट्रिय तथ्याङ्क विभागका अनुसार दश वर्ष वा सो भन्दा माथिल्लो उमेरका
विवाहित व्यक्तिहरूको सबैभन्दा ठूलो हिस्साको पहिलो विवाह १५ देखि १९
वर्षको उमेरमा भएको देखिएको छ।
यो उमेरभित्र झण्डै आधा (४८.९ प्रतिशत) विवाहित व्यक्तिहरूको पहिलो
विवाह भएको पाइएको छ। १४ वर्षमुनिको उमेरमा पहिलो विवाह हुनेहरू ११.५
प्रतिशत रहेका छन्। ५० वर्षको उमेर पार गरिसकेपछि पहिलो विवाह हुनेहरू ५०८६
जना रहेको देखिन्छ।
पुरुष कम भए-
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ। त्यसमध्ये पुरूष ४८.५० प्रतिशत (१ करोड २८ लाख ४९ हजार०४१) र महिला ५१.५० प्रतिशत १ करोड ३६ लाख ४५ हजार ४६३ रहेका छन्। यसअनुसार लैंगिक अनुपात प्रति १०० महिलामा पुरूषको सङ्ख्या ९४.१६ रहेको छ। १० वर्षअघिको जनगणनाभन्दा यो अनुपात कम (९९.८०) मात्रै थियो।
२०५८ सालमा कूल जनसङख्या २ करोड ३१ लाख ५१ हजार ४२३ थियो।
महिलाको संख्या बढेसँगै महिला मूली रहेको परिवारको संख्या १० वर्षमा बढेको छ। महिला परिवारमूली रहेका परिवार गत २०५८ सालको जनगणनामा
१४.८७ प्रतिशत रहेकोमा करिब ११ प्रतिशतले वृद्धि भई २०६८ सालमा २५.७३ प्रतिशत पुगेको छ ।

0 comments