Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

६ महिने बालक जलेर खरानी

Published on Monday, November 26, 2012 6:30 PM //

जनक केसी, जाजरकोट, मंसिर ११- आगलागीमा परी जाजरकोटका छ महिने बालकको ज्यान गएको छ। जिल्लाको पस्चिमी गाविस दह-५, का कालीबहादुर बस्नेतका छोरा दिलीप बस्नेतको घरभित्र लागेको आगोमा परी आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।


 दिलीपसँगै रहेकी उनकी ३ वर्षीया दिदी भने भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ। घरमा कोही नभएको अवस्थामा आगलागी हुँदा दिलिप जलेर खरानी भएको प्रहरीले जनाएको छ। चुल्होबाट सल्केको आगोले बस्नेतको घरमा रहेका लत्ता कपडा, अन्नपात र नगद असी हजार गरी तीन लाख बत्तिस हजार बराबरको धनमालसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ। उक्त गाउँ सदरमुकाम खलंगाबाट ३ दिनको पैदल दूरीमा पर्छ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!