Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

छबिले जन्मदिनमा रेखालाई सम्झेनन्

Published on Friday, November 23, 2012 2:30 PM //

नेपाली फिल्म क्षेत्रका हस्ति निर्माता छबिराज ओझाले बिहिबार आफ्नो जन्मदिन मनाए । नजिकका आफ्ना केहि साथीभाई माझ उनले जन्मदिन मनाए तर आफ्नै श्रीमती रेखा थापालाई भने उनले सम्झेनन् ।
हुनत छबिको बर्थ डे सेलिब्रेसन द्धन्दनिर्देशक चन्द्र पन्तको सक्रियतामा भएको थियो । केक ल्याउने देखि लिएर खसी काट्ने कार्यक्रमको तयारी सबै चन्द्रले गरेका थिए तर पनि १२ बर्ष सँगै बसेकी आफ्नी जीवनसाथीलाई उनले सम्झने प्रयास गरेनन् बरू उनले हितैसी मित्र अशोक शर्मा र उज्जवल घिमिरेलाई बिर्सन सकेनन् । 'एकदमै नजिकका साथी भएकाले अशोक जी र उज्जवल जीलाई बोलाएँ तर तेस्तो भव्य कार्यक्रम केहि नभएकाले अरूलाई नसम्झेको हो', छबिले भने, 'रेखा जीलाई खबर गरिएन किनकी कार्यक्रमको आयोजना साथीभाईहरूले गरेका हुन् ।'

मनमा केहि चसक्क पक्कै परेको होला तर पनि छबिले जन्मदिनमा एक पटक नसम्झे पनि खासै दु:ख नलागेको रेखाले बताईन् । छबिले मात्र हैन रेखाले पनि सम्झिनन् र गरिनन् बर्थ डे विस । 'मेरो बर्थ डेमा पनि उहाँले विस गर्नु भएन', रिभेन्ज शैलीमा रेखाले भनिन्, 'सुटिङमा व्यस्त हुनाले बर्थ डे भन्ने थाहा पनि भएन र विस पनि गरिएन ।' छबिको बर्थ डे सेलिब्रेसन गर्न अशोक शर्माको साथमा निर्देशक श्याम भट्टराई, सबिर श्रेष्ठ, नायक सबिन श्रेष्ठ लगायतका केहि फिल्मकर्मी मध्यबानेश्वर स्थित नमस्ते नेपाल (छबि ओझाको कार्यालय) पुगेका थिए ।
'छबी बा सबैको मान्ने गुन्ने भएकाले निकै रमाइलो गरि बर्थडे मनाइयो', निर्देशक श्याम भट्टराईले भने, 'बाले सबै नजिकका साथी भाइलाई केक खुवाउदै गरेको बातावरण निकै हेर्न लाएक थियो ।' करिब १२ बजेसम्म चलेको कार्यक्रममा रेखा थापा बाहेक 'हमेसा' र 'लंका' युनिटका अधिकांस कलाकार र प्राबिधिक उपस्थित थिए, श्यामले बताए ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!