Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

संचारमन्त्रलायको आदेशसँगै देशभरका हलमा एटीएमको प्रदर्शनमा रोक

Published on Friday, November 23, 2012 3:47 PM // ,

सेन्सर बोर्डले रोक लगाएका दृश्य समेत नकाटी प्रदर्शनमा आएको चलचित्र एटीएमको प्रदर्शनमा  रोक लगाउन संचारमन्त्रालयले आदेश दिएको छ । संचारमन्त्रालयले प्रदर्शनमा रोक लगाउन गृहमन्त्रालयलाई आदेश दिएको खबर  छ । आदेशसँगै काठमाण्डौका विभिन्न आधा दर्जन हलमा सिनेमा रोकिएको खबर छ । निर्माता दिनेश थापाले संचारमन्त्रलायबाट आफुलाई कुनै जानकारी नआएको बताए । उनले काठमाडौको कलंकी र पुष्पाञ्जली हलमा सिनेमाको प्रदर्शन रोकिएको जानकारी आफुलाई प्राप्त भएको बताए ।


सेन्सर बोर्डले केही दृश्य काँटेर प्रदर्शन गर्न भन्दै चलचित्रलाई एडल्ट सर्टिफिकेट दिएको थियो । तर चलचित्रको निर्माण युनिटले सेन्सर बोर्डलाई समेत चुनौती दिदै कुनै पनि दृश्य नकाँटी चलचित्रलाई प्रदर्शनमा ल्याएको थियो ।
दिनेश थापाको प्रस्तुतीमा कुष्मा वुढाथोकीले निर्माण गरेको चलचित्रलाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा जीया केसी, सोनीया शर्मा, सविना कार्की लगायतका कलाकारको अभिनय छ । नायिका जीया केसी र सोनीया शर्माका लागि यो चलचित्र प्रदर्शनको आधारमा पहिलो हो । चलचित्रमा तिन नायिकाले नायक दिनेश थापासँग थुप्रै उक्तेजक दृश्य दिएका छन् ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!