Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सरकारी महलमा ज्ञानेन्द्रका छोरीज्वाइँ

Published on Wednesday, November 28, 2012 2:30 PM //

बालकृष्ण अधिकारी, काठमाडौं, मंसिर १३ - पूर्वराजा ज्ञानेन्द्र शाहका छोरीज्वाइँ प्रेरणा र राजबहादुर सिंह महलसहितको झन्डै १६ रोपनी सरकारी जग्गामा रजाइँ गरिरहेका छन्। राजतन्त्र अन्त्यपछि तत्कालीन राजा र राजपरिवारका नाममा रहेका यस्ता सम्पत्ति खोसेर सरकारका नाममा ल्याउन ६ वर्षअघि गृह मन्त्रालय मातहत नेपाल ट्रस्ट स्थापना गरिएको थियो। 

ट्रस्टले उक्त जग्गा छाड्न सिंह दम्पतीलाई अहिलेसम्म १३ पटक आग्रह गरिसकेको छ तरउनीहरु पैतृक सम्पत्ति भन्दै नछाड्ने अडान लिइरहेका छन्।
आलिशान महलसहितको १५ रोपनी १ आना १ दाम क्षेत्रफलको उक्त जग्गा पैतृक रहेको तर कर छल्न दरबारको नाममा राखेको सिंह दम्पतीको दाबी छ।
ट्रस्ट अधिकारीका अनुसार दरबारको नाममा राख्दा राज्यकर नलाग्ने त्यतिबेलाको नियम हेरेर उनीहरुले छाउनीको निजी घरजग्गा नारायणहिटीका नाममा राखेका थिए।
'पैतृक सम्पत्ति दाबी गर्नुभएको छ,' नेपाल ट्रस्टका अधिकृत अरुणोदय रञ्जितले नागरिकसँग भने, 'हामीले औपचारिक रुपमा नै धेरैपटक पत्राचार गर्‍यौं, छाउनी नै पुगेर अनौपचारिक कुरा गर्दा पनि उहाँहरुले पैतृक सम्पत्ति जिकिर गरिरहनुभएको छ, छाड्न मान्नुभएन।'
उक्त घरजग्गा बसुन्धरा (तत्कालीन राजा महेन्द्रका छोरा) को अपुताली रहेको र महेन्द्रले ज्ञानेन्द्रलाई ज्ञानेन्द्रले छोरीज्वाइँलाई दिएको सिंह दम्पतीको भनाइ छ। उक्त घर मर्मतमा मात्र आफूले १० करोड खर्च गरेको सिंह परिवारको भनाइ छ। 'दरबारको नाममा भएको सम्पत्तिको कर तिर्नुपर्दैन भन्ने व्यवस्था थियो, त्यसैलाई हामीले फलो गरेका हौं,' सिंह दम्पतीलाई उद्धृत गर्दै रञ्जितले भने, 'आफ्नो सम्पत्ति छाडेर कहाँ जाने?'
प्रेरणा र सिंह बिहेपछि यही घरमा बस्दै आएका छन्।
पछिल्लो छ महिनायता उक्त घरजग्गा खाली गर्ने या भाडा लिने भन्नेबारे ट्रस्ट पनि मौन छ। 'विभिन्न ठाउँबाट तीव्र दबाब भएपछि हामीले ६/७ महिनादेखि कुनै प्रक्रिया अघि बढाएका छैनौं,' ट्रस्टका एक उच्च अधिकारीले भने।

प्रेरणा र राजबहादुरले मात्र होइन, सँगै बस्दै आएकी उनीहरुकी सहयोगी जुनु थापाले पनि सरकारको नाममा रहेको घरजग्गा छाड्न मानेकी छैनन्। सिंह दम्पतीको घरसँगै रहेको अर्को घरमा बस्दै आएकी थापालाई घर खाली गर्न पटकपटक आग्रह गरे पनि उनले अटेर गर्दै आएकी छन्।
'हामीले थापालाई पनि पटकपटक जग्गा छाड्न आग्रह गर्‍यौं,' रञ्जितले भने, 'अहिलेसम्म छाड्नुभएको छैन।' थापा पूर्वरानी कोमल शाहकी शृंगार सहयोगी (ब्युटिसियन) हुन्।
त्यस्तै, सरकारको नाममा आए पनि निर्मल निवाससँग जोडिएको झन्डै दुई रोपनी जग्गा र त्यसमा बनेको घरसमेत ट्रस्टले पाएको छैन। निर्मल निवाससँगै जोडिएको १ रोपनी ६ आना १ दाम जग्गामा पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी बस्दै आएका छन्।
'निर्मल निवाससँगै रहेको जग्गा ट्रस्टको नाममा आएको छ, तर उपभोग गर्न पाएका छैनौं,' रञ्जितले भने, 'निर्मल निवासको सुरक्षाका लागि खटिएका नेपाली सेनाले आवासको रुपमा प्रयोग गर्दै आएको छ, हामीले पनि छाड्न भनेका छैनांै।'
जनआन्दोलनको सफलतापछि सरकारले तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको नाममा रहेको चल-अचल सम्पत्ति सरकारीकरण गर्ने प्रक्रिया सुरु गरेको थियो।
ट्रस्ट स्थापनापछि ६ हजार २ सय ४३ रोपनी १३ आना एक पैसा एक दाम जग्गा सरकारको नाममा आइसकेको छ। यस वर्ष गोकर्ण रिसोर्टमा जोडिएको ११ सय ७९ रोपनी जग्गा ट्रस्टमा आएको ट्रस्टका अधिकारीले जनाए। त्यस्तै, विभिन्न स्थानका एक लाख ४२ हजार ५ सय २ कित्ता सेयर पनि सरकारको नाममा आएको छ।
पारसको पनि गुम्यो
सरकारले तत्कालीन राजदम्पती वीरेन्द्र र ऐश्वर्यका नाममा रहेका सम्पत्ति सरकारको नाममा ल्याउने क्रममा तत्कालीन युवराज पारसको नाममा रहेको झन्डै १० रोपनी जग्गा पनि ट्रस्टको नाममा आएको छ।
काभ्रे पाँचखाल-३ मा पारसको नाममा रहेको ९ रोपनी १५ आना ३ पैसा १ दाम जग्गा सरकारको नाममा आएको ट्रस्टका अधिकारीले जानकारी दिए।
'हामीले कसको नाममा छ भनेर छानबिन गर्ने भन्ने कुरा भएन,' ती अधिकारीले भने, ' कित्ता नम्बर १८३१८४ को जग्गा पारसको नाममा रहेछ, तर सरकारको निर्णयलाई कार्यान्वयन गर्न बाध्य भयौं।'
ट्रस्टले उक्त जग्गा छाड्न सिंह दम्पतीलाई अहिलेसम्म १३ पटक आग्रह गरिसकेको छ तर उनीहरु पैतृक सम्पत्ति भन्दै नछाड्ने अडान लिइरहेका छन्।
आलिशान महलसहितको १५ रोपनी १ आना १ दाम क्षेत्रफलको उक्त जग्गा पैतृक रहेको तर कर छल्न दरबारको नाममा राखेको सिंह दम्पतीको दाबी छ।
ट्रस्ट अधिकारीका अनुसार दरबारको नाममा राख्दा राज्यकर

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!