Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

कोमल वलीले गुलाबको फूल कसलाई देलिन् ?

Published on Wednesday, November 28, 2012 3:00 PM //

लामो सयमदेखी लोकदोहोरी तथा संचारक्षेत्रमा चर्चित कोमल वली अब चलचित्रको कलाकार पनि भएकी छिन् । उनले पहिलो पटक अभिनय गरेको चलचित्र ‘दबदबा’ पौष १३ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रमा नायिका वलीको भुमिकाबारे निर्माणपक्षले मुख खोलेको छैन ।

पुनम फिल्मस्को व्यानरमा तयार भएको सिनेमा वास्तविक कथामा आधारित रहेको निर्माणपक्षको दाबी छ । युवापुस्तमा बढ्दै गएको लागुपदार्थ सेवन तथा अपराधको घटनालाई मुख्य बिषयबस्तु बनाएको ‘दबदबा’लाई एम.एस अंग्रजले निर्देशन गरेका हुन् चलचित्रमा कोमल वलीका अलवा विशाल पोखरेल, आरजु अधिकारी, गणेश उप्रेती, सुवास कार्की लगायतका कलाकारको अभिनय छ । रत्न प्रसाद श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा राजिब मानन्धरको छायांकन, मिलन श्रेष्ठको सम्पादन, देव महर्जनको द्धन्द, यादव योगीको संगीत छ ।

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!